भदौ २९,
देपेन्द्र बहादुर शाही
कंचनपुर
अबिरल वर्षा हावाहुरीका कारण उखु खेती( गन्ना) र धानबालीमा क्षेती भएको छ । पश्चिम नेपालका जिल्लामा लगातार भदौ २६ गते देखि परेकाे अबिरल बर्षा र हावाहुरीले कंचनपुर का किसानले लगाएको नगदे बालि उखु (गन्ना) र धानखेतीमा क्षेती भएकाे छ । उखु ( गन्ना)मा बाढी पसेर कंचनपुरका दक्षिणी भुगौलमा अबस्थित बेलौरी नगरपालिका , पुुनरबास,लालझडि बेलडाँढी, लगायतका ठाउँमा लगाएको उखु (गन्ना) र धानबालीमा बाढी पसेर क्षति गरेको हाे । किसानले लगाएको बर्खेवालीमा क्षेति पुगे पछि किसान चिन्तित भएका छन ।

करोडौं मूल्य बराबरको उखु ( गन्ना) लाई क्षेति पुगे पछि किसानलाई आर्थिक जिविकाे पार्जन गर्न समस्या हुने देखिएको पछी कीसान यतीखेर चिन्छतीत बनेका छन । धानखेती डुवानमा पार्दा किसानलाई खाद्यान्नमा समस्या हुने देखिएको छ । जलवायु परिवर्तनका कारण कहिले खडेरी त कहिले धेरै बर्षा हुदा प्रत्यक्षरुमा वातावरणमा नकारात्मक असर पर्दा मानवीय सामाजिक जिवनमा दिनप्रतिदिन असर बढदाै गैरहेकाे देखीएकाे छ ।














प्रतिक्रिया दिनुहोस्