२०८३ जेष्ठ १४ गते बिहिवार

सरकारको निर्णयविरुद्ध काठमाडौंमा उखु किसानको आन्दोलन, नेताद्वय भट्टराई–नेपाल -श्रेष्ठको ऐक्यबद्धता



सरकारको निर्णयविरुद्ध काठमाडौंमा उखु किसानको आन्दोलन, नेताद्वय भट्टराई– नेपाल -श्रेष्ठको ऐक्यबद्धता

देपेन्द बहादुर शाही
स्वाभिमान खबर , भदौ १० काठमाडौं

काठमाडौं । सरकारले विगतमा दिंदै आएको उखु किसानको सब्सिडी कटौती गर्ने निर्णय गरेपछि देशभरका किसान काठमाडौंमा भेला भई आन्दोलनमा उत्रिएका छन्। भुक्तानी र अनुदानको मागसहित आन्दोलनरत किसानहरूले राजधानीमा प्रदर्शन गरेका हुन्।

आन्दोलनमा सहभागी किसानहरूले सरकारको निर्णय किसानविरोधी भएको आरोप लगाएका छन्। उनीहरूले मेहनतको उचित मूल्य नदिइएको र सब्सिडी समेत कटौती गरिएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।

आन्दोलन स्थलमा पुगेका नयाँ शक्ति नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

नेता भट्टराईले किसानलाई पीडित बनाउने कुनै पनि निर्णय अस्वीकार्य हुने बताउँदै सरकारलाई तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरे। नारायणकाजी श्रेष्ठले किसानको श्रम र पसिनाको मूल्य समयमै दिनुपर्नेमा जोड दिंदै “किसानको पसिना बिना देशको विकास सम्भव छैन” भने। यस्तै, पूर्वप्रधानमन्त्री माधव नेपालले किसानलाई अपमान गर्ने नीति सरकारले लिएमा राजनीतिक आन्दोलन चर्किने चेतावनी दिए।

नेता भट्टराईले किसानलाई पीडित बनाउने कुनै पनि निर्णय अस्वीकार्य हुने बताउँदै सरकारलाई तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरे। उता, अध्यक्ष नेपालले किसानको श्रम र पसिनाको मूल्य समयमै दिनुपर्नेमा जोड दिंदै “किसानको पसिना बिना देशको विकास सम्भव छैन” भन्दै किसानको आन्दोलनलाई समर्थन जनाए।

किसानहरूले गत वर्षदेखि नै आफ्नो बक्यौता रकम माग गर्दै आन्दोलन गर्दै आएका थिए। पटक–पटक सरकारसँग लिखित सम्झौता भए पनि अझै पूर्ण भुक्तानी भएको छैन। यसैबीच सरकारले सब्सिडी नै कटौती गर्ने निर्णय गरेपछि किसानहरू फेरि आन्दोलित भएका हुन्।

आन्दोलनरत किसानहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार