२०८३ भाद्र ३० गते मङ्गलवार

सुर्खेतका ८ स्थानीय तहमा समाजवादी माेर्चाकाे घाेषणा तथा सन्देश सभा सम्पन्न



सुर्खेतका ८ स्थानीय तहमा समाजवादी माेर्चाकाे  घाेषणा तथा सन्देश सभा सम्पन्न
२३चैत्र , सुर्खेत
सुर्खेतका आठ स्थानीय तहमा समाजवादी माेर्चा घाेषणा तथा सन्देश सभा सम्पन्न भएको छ । माेर्चाका ४ राजनीतिक दल माओवादी केन्द्र , एकीकृत (समाजवादी ) जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टी विप्लव लगायत सुर्खेत जिल्लाकाे  चैत्र १४ गते बसेकाे बैठकले सबै  स्थानीय तहमा माेर्चा घाेषणा तथा सन्देश सभा गर्ने निर्णय गरेको थियो ।

माेर्चाले सुर्खेतका सबै स्थानीय तहमा नेतृत्व बाडफाड समेत गरेको छ । वीरेन्द्रनगर नगरपालिकाकाे समाजवादी माेर्चाकाे संयोजक एकीकृत (समाजवादी ) पार्टीका लाेग प्रसाद चालिसे रहेका छन् । चौकुने गाउँपालिका काे गंगन सी , पंञ्चपुरी नगरपालिका काे भुपेन्द्र सिजापती , बराहताल गाउँपालिका काे बल बहादुर कठायत , लेकबेशी नगरपालिका काे गाेविन्द्र शाही , भेरीगंगा नगरपालिका काे गणेश बहादुर भण्डारी , गुर्भाकाेट नगरपालिका काे नेत्र सी र सिम्ता गाउँपालिका काे भुपेन्द्र रावतले माेर्चाकाे नेतृत्व गरेका छन ।

समाजवादी माेर्चा नेपालले नेपालमा नेपाली विशेषताकाे समाजवाद प्राप्तिका लागि जनतालाई जागरण गर्न समाजवादी माेर्चा घाेषणा तथा सन्देश सभा गर्ने अभियान संचालन गरेको छ । समाजवादी माेर्चा नेपाल  अषाढ मा निर्मा भएको हाे । अहिले माेर्चाकाे केन्द्रीय संयोजक नेपाल कम्युनिस्ट पार्टीका विप्लव सी रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार