प्लान ईन्टरनेशनल नेपालकाे आर्थिक सहयोग हुरेन्डेक नेपालकाे सहजिकरणमा रास्काेटमा नयाँ परियाेजना सुरु
चैत ०२ कालिकोट
प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोट को सहजीकरण मार्फत रास्काेट नगरपालिकामा नयाँ परियोजना सुरु भएको छ ।संचालित परियोजना महिनावारी स्वास्थ्य , खानेपानी, सरसफाई तथा स्वच्छ्ता कार्यक्रम संस्थाले गर्नेछ ।
उक्त कार्यक्रमकाे हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाको अध्यक्षता रहेकाे थियो । साथै उक्त कार्यक्रम मा नगर प्रमुख धर्मराज शाहीको प्रमुख आथित्यता र विशेष आथित्यता नगर उप प्रमुख मनिराज बरालको रहेको थियो ।
नगर पालिकामा रहेका विधालयहरुमा खानेपानी तथा सरसफाई सचेतना कार्यक्रम संचालन गरीनुका साथै बाल बिबाह न्युनिकरण सम्बन्धि क्रियाकलाप संचालन गरिने कार्यक्रम अधिकृत सुर्य राेकायाले जानकारी दिनु भयाे । बिगत लामाे समय देखि बाल बिबाह, छिटाे बिबाह र जवर्जस्ति बिबाह राेकथाम परियाेजनाले संचालन गरेका क्रियाकलापहरुकाे समीक्षा समेत गरिएकाे बताइएकाे छ ।
स्थानिय सरकारले गर्नु पर्ने काममा सहयाेग पुर्याई रहेकाे र आगामि दिनमा अन्य थप कार्यक्रम रास्काेटमा संचालन गर्नका लागि सधै सबै संघ संस्था सराेकारवाला संग सहकार्य गर्नकाे लागि नगरपालिकाकाे ढाेका खुल्ला रहेकाे नगर प्रमुख शाहीकाे भनाई रहेकाे छ ।















प्रतिक्रिया दिनुहोस्