२०८३ जेष्ठ १४ गते बिहिवार

तेस्रो कर्णाली एक्सपाेमा टिका पुन र प्रमोद खरेलकाे प्रस्तुति रहने



 

आज तेस्रो कर्णाली एक्सपाेमा टिका पुन र प्रमोद खरेलकाे प्रस्तुति रहने

 

 

२०८० फाल्गुन २६ सनिवार ४: २७ बजे

सुर्खेत ” समृद्ध कर्णाली , सुखारी कर्णालीवासीकाे आधार :
प्रकृति स्रोत , प्रांगारिक कृषि,संस्कृति प्रर्यटन र उद्योग हुन पूर्वाधार “भने मुल नाराका साथ सुरुभएकाे तेस्रो कर्णाली एक्सपाे सुर्खेत उद्योग बाणिज्य संघ आयोजक रहेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन १५ गते देखि सञ्चालन भएकाे तेस्रो कर्णाली एक्सपोमा आज ११ औँ दिनकाे प्रस्तुति राष्ट्रिय स्तरका गाएक प्रमाेद खरेल गायिका टीका पुनले आफ्नो प्रस्तुति दिने भएका छन ।

कर्णाली एक्सपो मा आज शनिवार भएको ले सरकारी कार्यलय बन्द हुने हुदाँ हजार औ दर्शकहरुकाे सहभागीता रहेको छ ।

नेपाल काे सांङगितीक क्षेत्रमा बच्चा देखि बृद्ध सम्मका दर्शकहरु सबैकाे मन जित्न सफल कलकार हुन खरेल र पुन ।

महाेत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । कर्णाली एक्सपो यहीँ फागुन २८ गतेसम्म सञ्चालन हुने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले बताएका छन।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार