नेता कार्यकर्ता सहित जुम्लामा स्याउ राेप्दै विप्लव- सी
२५ फागुन , सुर्खेत
केन्द्र देखि स्थानीय तहका नेता कार्यकर्तासंग जुम्लामा स्याउ राेप्दै गरेका छन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ।राज्यले सयाेग गरे दस हजार बाेट राेप्ने कार्यक्रम नेकपा काे छ। सयाेग नगरे १ हजार बाेट यो बर्ष राेप्ने र प्रत्येक बर्ष १/१ हजार राेप्ने कार्यक्रम काे याेजना रहेको छ ।
बहुसंख्यक नागरिक कृषि पेसामा संग्लन रहेको देशमा खर्व अौकाे रकम बाहिरीएकाे भन्दै कृषिलाई आत्मनिर्भर बनाउने उदेश्य सहित विप्लव जुम्ला पुगेका छन ।विकासकाे दृष्टिले राज्यको नजरबाट टाढाको दुरीमा रहेको विकट दुर्गम जुम्ला जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम विप्लव सीले स्याउ राेपेर कार्यक्रम काे उदघाटन गरेका हुन ।
यता राज्य सत्ता संसदीय दलहरुको गठबन्धन बन्ने – भत्कने श्रृङखलाले स्थान पाएको छ । विषेशगरी सत्ताको लागि दलहरु यतिबेला अस्वाभाविक समीकरणमा केन्द्रित छन् जसको मुख्य केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) छन् । प्रचण्डले चुनाव यता मात्रै नेपाली कांग्रेस र नेकपा एमाले लगायत दलहरु संग गरिएको गठबन्धन तोड्नु र जोडिनु लाई नेपाली राजनीतिमा अलि फरक ढंगले हेरिएको छ । प्रचण्डका यी पछिल्ला कदमलाई विभिन्न व्यक्तित्वले सत्ता स्वार्थका नाम दिएका छन् भने स्वयं प्रचण्डले भने देशको सुशासन र समृद्धिको आबस्यकता बताउँदै आएका छन् ।
तर संसदीय राजनीति भन्दा फरक बाटोमा रहेका नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) भने यतिबेला जुम्लामा स्याउ रोप्नमा व्यस्त छन् उनको यो विषय भने ओझेलमा जस्तो देखिन्छ ।
देशमा विद्यमान रहेको संसदीय व्यवस्थाले जनताको मुक्ति नदिने भन्दै क्रान्तिको मार्गमा हिँडेका तिनै विप्लव पछिल्लो समय उत्पादन र आत्मनिर्भरता बिना क्रान्तिलाई गति दिन नसकिने निष्कर्षमा छन् । सोही उद्देश्य अनुरुप उनले पार्टीको उत्पादन नीति अन्तर्गत देशका विभिन्न ठाउँमा धेरै उत्पादनका केन्द्रहरु स्थापना गरेका छन् ।
पार्टीको केन्द्रीय उत्पादन अनुसार नेकपाले जुम्लाको हिमा गाउँपालिका स्थित हाडुल्लेमा एक हजार स्याउका बिरुवा रोपेको छ । उक्त स्याउ रोप्ने कार्यमा नेकपा महासचिव विप्लव सी स्वयं सहभागी भई शुक्रबार रोपिएको नेकपा निकट अखिल समाजवादीका कोषाध्यक्ष बबर सी ले बताएका छन् ।
नेपालको राजनीतिमा उत्पादनलाई मुख्य नीतिको रूपमा अगाडि बढाउने नेपाल कम्युनिस्ट पार्टी पहिलो हो ।















प्रतिक्रिया दिनुहोस्