नेकपा विप्लव काे विद्यार्थी संगठन अखिल (समाजवादी ) काे माग कर्णाली एक्सपाे स्थगित गर्न ।
१५ फागुन ,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी )ले कर्णाली एक्सपाे २०८० स्थगित गर्न माग गरेको छ । कर्णाली एक्सपाेले वालमन्दीर आधारभूत विद्यालयका विद्यार्थीकाे पठनपाठन मा प्रत्यक्ष असर गरेको भन्दै स्थगित काे माग गरेको हाे ।
संविधानमा नै विद्यालय शान्ति क्षेत्रकाे रुपमा व्यवस्था गरिएको ले यसकाे ठाडो उल्घन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साे विद्यालयका विद्यार्थीले शान्तिपूर्ण रुपमा पठनपाठन गर्न पाउनु पर्ने लगायतका माग राख्दै तत्काल कर्णाली एक्सपाे स्थगित गर्नुपर्ने माग राखिएको छ ।
विगत देखि नै वादविवाद का कारण सार्वजनिक सराेकारकाे बिषयमा उच्च अदालत मा रिट समेत परेको मा उच्च अदालतले विद्यार्थी काे भविष्यमाथि खेलवाड हुनेगरी कर्णाली एक्सपाे सञ्चालन गर्नु भनी भएको आदेशले संविधान न्यायकाे विश्वास माथि ध्वनि उडाएको आराेप उच्च अदालत का न्यायाधीश लाई लगाएको छ ।
स्थगित नगरिएको खण्डमा थप संघर्ष गर्ने चेतावनी र भइपरि आउने समस्याको जवाफदेही आयाेजक हुनुपर्ने समेत विज्ञप्तिमार्फ जानकारी गराइएको छ ।
विज्ञप्ति यस्तो छ ।














प्रतिक्रिया दिनुहोस्