२०८३ भाद्र २९ गते सोमवार

किताब बाहिरको संसार: मलेखुमा जियोलोजी सिकाइको रमाइलो यात्रा – सुदर्सन ऐडी क्षेत्री



 

 

किताब बाहिरको संसार: मलेखुमा जियोलोजी सिकाइको रमाइलो यात्रा – सुदर्सन ऐडी क्षेत्री

स्वाभिमान खबर , ब‌ैशाख ५
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ सिभिल तेस्रो सेमेष्टरका ४६ जना विद्यार्थीहर र शिक्षक बिहान सबेरै वीरेन्द्रनगर, सुर्खेतबाट हामी जियोलोजी फिल्ड भिजिटको लागि धादिङ जिल्लाको मलेखुतर्फ प्रस्थान गर्‍यौँ।

फिल्ड भिजिटको तयारी केही दिनअघिदेखि नै भइरहेको थियो, तर यात्रा २०८२ बैशाख २ गते सुरु गर्यौ । झोलामा आवश्यक सामग्री, नोटबुक, ह्यामर, इन्जिनियरिङ कम्पास लगायत अन्य सामग्री लिएर हामी सबै विद्यार्थीहरू रमाउँदै यात्रातिर लाग्यौँ।

हाम्रो यात्रा धादिङ मलेखु पुगेपश्चात् हामीले हाम्रो जियोलोजी फिल्ड भिजिट लागि तयारी भयौं र त्यहाँको विभिन्न भौगोलिक बनावटहरू, खोलाका धार, भूस्खलन क्षेत्र, ढुंगाका तहहरू आदिको अवलोकन गयौँ। शिक्षकहरूले विभिन्न चट्टानहरूको प्रकार, संरचना, र तिनीहरूको बनावटबारे फिल्डमा बुझाउँदा कक्षाको सैद्धान्तिक ज्ञान व्यवहारिक रूपमा बुझ्न अझ सजिलो भयो।

­

धादिङ जिल्लाको मलेखु ठाउँ जियोलोजी अध्ययनको हिसाबले निकै महत्वपूर्ण क्षेत्र रहेछ। यहाँको नदी किनारमा भेटिने विभिन्न प्रकारका चट्टानहरू, विशेषगरी सेडिमेन्टरी , मेटामोर्फिक र इग्नियस चट्टानहरूको विवरण लिन हामीले स्केच र नोटहरू तयार गर्‍यौँ। दिनभरको थकाइ त थियो, तर नयाँ कुरा सिक्ने अवसरले थकानभन्दा बढी ऊर्जा मिलेको महसुस भयो र साथीहरूसँगको रमाइलो, प्राकृतिक सौन्दर्यको आनन्द र जियोलोजिकल अब्जर्भेसनहरू यी सबैले आजको दिनलाई अविस्मरणीय बनायो। अर्को दिन बिहानै इन्जिनियरिङ कम्पास को प्रयोग गर्न सिकाउनुभयो सरले अनि हामी आफैंले इन्जिनियरिङ कम्पासको सहायताले आआफ्नो ग्रुप ले पाँचवटा डाटा पत्ता लगायौं ।

त्यसपश्चात हाम्रो यात्रा गोर्खा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मनकामना मन्दिरतर्फ सुरु भयो र केवलकार को माध्यमबाट मनकामना मन्दिर पुग्न सफल भयौं ।

केहीबेर मनकामना मन्दिरमा सम्पूर्ण विद्यार्थी साथीहरूले पूजापाठ गर्यौ र त्यसपछि फोटो सेसन गर्यौ सम्पूर्ण साथीहरुले त्यसपछि खाजा नास्ता खाएर फेरि केबुलकारको माध्यमबाट तल झर्यौ र हाम्रो यात्रा निरन्तर वीरेन्द्रनगर सुर्खेतको लागि अगाडि बढ्यो, बाटोमा विभिन्न समस्याका बावजुद हाम्रो यात्रा वीरेन्द्रनगर सुर्खेतसम्म राम्रै भयो।


लेखक – ग्राजुएट स्कुल अफ इन्जिनियरिङ सिभिल तेस्रो सेमेष्टरका अध्ययनरत विद्यार्थी हुन ।

 

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार