२०८३ भाद्र २९ गते सोमवार

अछामको बाटुलासैन केन्द्र भएर ४.३ म्याग्निच्युडकाे भुकम्प गयो



अछामको बाटुलासैन केन्द्र भएर ४.३ म्याग्निच्युडकाे भुकम्प गयो

स्वाभिमान खबर । ५ चैत्र
कमल कुमार शाही
अछामको बाटुलासैन केन्द्र भएर ४.३ म्याग्निच्युडकाे भुकम्प गएकाे छ । मंगलबार विहान ६ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका निमित्त प्रमुख तिर्थ दाहालले जानकारी दिए ।

भुकम्प गएको केन्द्र रामारोशन गाउँपालिकाको वडा नम्बर ४ पर्दछ । एका विहानै भुकम्पको धक्का महसुश गरिएको रामारोशन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले बताए ।

‘म अहिले गाउँपालिकाकै वडा नम्बर २ मा छु, दुई सेकेण्ड जत्ति हल्लायो,’ उनले भने, ‘भुकम्पको केन्द्र भएको बाटुलासैन आसपासमा झाँता, चिरा काट्ने, छडेना, भेरगाउँ, गडाआले पर्दछन् ।’

म्याग्निच्युड कम भएकाले क्षती खासै क्षती भएको जानकारी नआएको उनले बताए । भुकम्पको उच्च जोखिम रहेको पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा पछिल्लो पटक पटक भुकम्प जाने गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार