कर्णालीमा नुहाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता, खोजी कार्य जारी
कमल कुमार शाही
स्वाभिमान खबर, असोज ३० कालिकोट
कर्णाली – कर्णाली करिडोर अन्तर्गत खुलालु पुलनजिकै कर्णाली नदीमा नुहाउने क्रममा एक १५ वर्षीया किशोरी बेपत्ता भएकी छन्। नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवकी सिर्जना बटाला हिजो साँझ करिब ७ बजे नदीमा नुहाउँदै गर्दा खोलाको बलियो वहावमा बगेर हराएको परिवारले जनाएको छ।
सिर्जना हाल खुलालु बजारमा परिवारसहित बस्दै व्यवसायमा सघाउँदै आएकी थिइन्। हिजो बेलुकी दैनिकजस्तै नुहाउन नदीतिर गएकी उनी केही बेरमै हराएकी थिइन्। सो क्रममा नजिकै रहेका स्थानीयले खोजीको प्रयास गरे पनि रातपर्यो र उद्धार कार्य सम्भव नभएको बताइएको छ।
घटनापछि स्थानीयवासी, आफन्तजन र नेपाल प्रहरीको टोलीले रातिदेखि निरन्तर खोजी जारी राखेका छन्। तर अहिलेसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
खोजी टोलीले कर्णाली नदी आसपासका क्षेत्रहरू — बल्दे, भानाकोट, चिल्ताडा, खिड्किज्युला, राकम — का बासिन्दाहरुलाई र शंका लाग्ने केही देखिए तुरुन्तै नजिकको प्रहरी चौकी वा परिवारलाई जानकारी दिन आग्रह गरेको छ।
परिवारका सदस्यहरूले अत्यन्त पीडामा परेका छन् र सबैलाई खोजीमा सहयोग गर्न अपिल गरेका छन्।
सम्पर्कका लागि:
अनिपाल बटाला (बुवा): 9848302610
कुलमान बटाला (माईला बुवा): 9848306503
परेक बटाला (कान्छा बुवा): 9848367204
नरेन्द्र बोहरा ‘सनम’ (मामा): 9848441347
खगेन्द्र कुमार बोहरा (मामा): 9848565320
स्थानीय प्रशासनले नदी किनारमा प्रहरी टोली परिचालन गरी खोजी कार्य तीव्र पारेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्