मोटरसाइकलले ठक्कर दिदा अछाममा एक महिलाको घटनास्थलमै मृत्यु
स्वाभिमान खबर अछाम, माघ १७
मोटरसाइकलले ठक्कर दिदा अछाममा एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नं १ मोटरकाट्या स्थित मोटरसाइकलले ठक्कर दिदा कमलबजार नगरपालिका वडा नं १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मृत्यु भएको हो ।
कमलबजार तुर्माखाँद सडकखण्डमा कमलबजारबाट तुर्माखाँद तर्फ जादै गरेको सु.प.प्र.०१००८ प.४०३ नम्बरको मोटरसाइकलले ढकाललाई बाटो क्रस गर्ने अवस्थामा आज विहान ११ बजेर ५० मिनेटमा ठक्कर दिएको हो । सो मोटरसाइकलका चालक अछाम तुर्माखाँद गाउपालिका वडा नं ५ नाडा बस्ने२३ बर्षिय लक्ष्मण बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लास अहिले घटना स्थलमा रहेको र त्यहाँ ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी नायब निरीक्षक बिर सिंह चैसीरको कमाण्डमा-७ जनाको टोली खटिगएको छ साथै जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको कमाण्डमा समेत टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्