२०८२ चैत्र १९ गते बिहिवार

प्रेस चौतारी नेपाल सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा मुना हमाल चयन



प्रेस चौतारी नेपाल सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा मुना हमाल चयन

स्वाभिमान खबर ,माघ २३
कमल कुमार शाही
सुर्खेत। प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मुना हमाल लाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनबाट मुना हमालको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन भएको छ ।

माघ २२ गते उदघाटन भएको अधिवेशन दुई दिनसम्म चलेको थियोे  अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष बनाएको हो। भने उपाध्यक्षमा दिनेशकुमार बुढा र महिला उपाध्यक्षमा चन्द्रा कँडेले चयन भएका छन्।

सचिवमा रजनी योगी, खुला सहसचिवमा कुलेन्द्र शाही, समावेशी सहसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा नवराज रोकाया चयन भएका छन्।

कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, अनिता विक, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा, चन्द्रबहादुर वली र नवराज उपाध्याय कार्यसमिति सदस्य चयन भएका छन्।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार