एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य अछामका शाही घाइते
काठमाडौँ, १४ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा राजधानीमा भइरहेको प्रदर्शनका क्रममा झडप हुँदा एमाले निकट युवा संघ नेपाल का केन्द्रीय सदस्य अछामका बखत शाही घाइते भएका छन्।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि केही समयका लागि क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही क्रममा बखत शाहीको टाउकोमा लाठी प्रहार हुँदा उनी गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्याएको छ ।
प्रत्यक्षदर्शीका अनुसार दोस्रो दिनको आन्दोलनको प्रर्दशन कारी अघि बढ्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएपछि स्थिति असहज बनेको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दर्जनौँ कार्यकर्ता सामान्य घाइते भएका जनाइएको छ।
घाइते शाहीको उपचार जारी रहेको छ भने चिकित्सकका अनुसार उनको अवस्था हाल स्थिर रहेको बताइएको छ। घटनापछि माइतीघर–बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रदर्शनकारी तथा प्रहरीबीचको तनाव अझै कायम रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्