र्याली र प्रभातफेरीसहित २८औँ नेशनल प्राइभेट स्कुल्स दिवस मनाइयो
कमल कुमार शाही
स्वाभिमान खबर,पुष २७
सुर्खेत। २८औँ नेशनल प्राइभेट स्कुल्स दिवसको अवसरमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा प्रभातफेरी तथा र्यालीसहित भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मंगलगढीबाट सुरु भई वीरेन्द्रनगर बजार परिक्रमा गर्दै शुभ होटेलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
र्यालीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (एनप्याब्सन) अन्तर्गत आबद्ध वीरेन्द्रनगर, सुर्खेतका सबै बोर्डिङ स्कुलका शिक्षक, प्राध्यापक, कर्मचारी तथा विद्यालय सञ्चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले निजी विद्यालयको शैक्षिक योगदान, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा शिक्षा क्षेत्रमा समान व्यवहारको माग गरेका थिए। कार्यक्रममार्फत निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको पहुँच विस्तार र मानव संसाधन उत्पादनमा खेलेको भूमिकालाई उजागर गरिएको आयोजकको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्