पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजीको अन्तरिम सरकार प्रमुखमा अघि सार्ने सहमति
कमल कुमार शाही
स्वाभिमान खबर , भदौ २५
काठमाडौं । जेनजी आन्दोलनमा सहभागी युवाहरूले अन्तरिम सरकार प्रमुखको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने सहमति गरेका छन्।
डिस्कोर्डमार्फत गरिएको खुला मतदानमा जम्मा ७ हजार ७१३ मत खसेकोमा कार्कीले ३ हजार ८३३ मत (५० प्रतिशत) प्राप्त गरी पहिलो स्थान हासिल गरिन्। दोस्रोमा २ हजार २२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १ हजार ९८ मत (१४ प्रतिशत) पाए। यस्तै, धरानका मेयर हर्क साम्पाङले ६ प्रतिशत र आविष्कारक महावीर पुनले ४ प्रतिशत मत पाएका छन्।
यसअघि दिनभर करिब पाँच घण्टासम्म चलेको छलफलपछि जेनजी आन्दोलनका युवाले साझा उम्मेदवारका रूपमा कार्कीलाई अघि सार्ने निर्णय गरेका थिए। छलफलपछि कार्कीसँग प्रत्यक्ष संवाद गर्ने जिम्मेवारी सागर ढकाललाई तोकिएको छ।
स्रोतका अनुसार कार्की स्वयंले पनि युवाहरूको आग्रह आए नेतृत्व लिन तयार रहेको धारणा व्यक्त गरेकी छन्। सेनाले समेत कार्कीसँग अन्तरिम सरकारको सम्भावित नेतृत्वबारे सम्पर्क गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
अब जेनजी टोलीले कार्कीको नामसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्ने तयारी गरेको छ।













प्रतिक्रिया दिनुहोस्