२०८३ साउन १३ गते बुधवार

मौलापुरको ऐतिहासिक बजेट: शून्य करदेखि नगरडाक्टरसम्म, मधेशमै नमूना विकासको संकेत



मौलापुरको ऐतिहासिक बजेट: शून्य करदेखि नगरडाक्टरसम्म, मधेशमै नमूना विकासको संकेत
कमल कुमार शाही
स्वाभिमान खबर, पचरौता, रौतहट असार १०
“उत्पादनमा वृद्धि, मौलापुरको समृद्धि” भन्ने मुल नाराका साथ
मधेश प्रदेशको मौलापुर नगरपालिकाले आज आठौं नगरसभा एवं बजेट अधिवेशन सम्पन्न गर्दै सिंगो प्रदेशभर नमूना बन्ने संकेत दिएको छ। नगरपालिकाले प्रस्तुत गरेका जनमुखी कार्यक्रमहरूले मौलापुरलाई मधेशमै अग्रगामी र नविन प्रयोग गर्ने नगरको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

नगरप्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा शून्य कर नीति, निःशुल्क बिजुली तथा खानेपानी सेवा, नगरप्रहरीको सट्टामा नगरमास्टर र नगरडाक्टर, ‘छोरीसँग मेयर’ कार्यक्रम, कच्ची सडक मुक्त नगर, दलित समुदायका लागि नमूना एकीकृत बस्ती, गुणस्तरीय निशुल्क शिक्षा, मोडेल अस्पताल, कृषि विकास तथा पशु अस्पताल जस्ता महत्वाकांक्षी कार्यक्रमहरू घोषणा गरियो।

‘उत्पादनमा वृद्धि, मौलापुरको समृद्धि’ उल्लेख गरिएको छ।

🔍 बजेटका प्रमुख विशेषता:

स्थानीय कर शून्य — जनतालाई आर्थिक बोझ नपार्ने उद्देश्य

फ्री बिजुली–पानी — जीवनयापन सहज बनाउने प्रयास

नगरडाक्टर/नगरमास्टर योजना — शहरी सेवा प्रणालीलाई थप चुस्त बनाउने

‘छोरीसँग मेयर’ योजना — छोरीहरूको विवाहमा आर्थिक सहायता

कच्ची सडक मुक्त नगर — यातायात र पूर्वाधारको विकास

दलित एकीकृत बस्ती — समावेशी विकासको उदाहरण

मोडेल अस्पताल र पशु सेवा केन्द्र — स्वास्थ्य र कृषिलाई जोड्ने रणनीति

नगरप्रमुखले मौलापुरलाई ‘समृद्ध नगर’ बनाउने सपना अब योजना र कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै नागरिकहरूको साथ र विश्वास मागेका छन्। सहभागिहरूले कार्यक्रमलाई ऐतिहासिक, प्रेरणादायी र अनुकरणीय भनेका छन्।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार