२०८३ भाद्र २९ गते सोमवार

२०५८ सालको रात सम्झँदै पासाङ : “अछाममा एकैसाथ सेना, प्रहरी र प्रशासनलाई नियन्त्रणमा लियौं”



२०५८ सालको रात सम्झँदै पासाङ : “अछाममा एकैसाथ सेना, प्रहरी र प्रशासनलाई नियन्त्रणमा लियौं”
कमल कुमार शाह
स्वाभिमान खबर , जेठ ३

अछाम – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले अछामको सदरमुकाम मङ्गलसेनमा भएको २०५८ सशस्त्र आक्रमणको घटना स्मरण गरेका छन्। हालै मध्यपहाडी जागरण अभियानकाे अवसरमा अछाम पुगेका पुनले सो ऐतिहासिक आक्रमणबारे आफूले नेतृत्व गरेको योजना खुलस्त गर्दै २०५८ साल फागुन ४ गते रातको सम्झना गरेका हुन्।

पुनका अनुसार अछामको रामारोशन क्षेत्रमा स्थानीय जनसमुदायसँग बसेर उनले सात दिन लगाएर योजना बनाएका थिए। उनका शब्दमा, “मैले अध्ययन गरिरहेको थाहा गाउँका जनतालाई थियो, तर बजारतिर थाहा थिएन।”

उनले स्पष्ट पारे अनुसार, माओवादी पार्टीको निर्देशनअनुसार मङ्गलसेनस्थित नेपाली सेनाको क्याम्प, डिएसपी कार्यालय, प्रशासन रहेको दरबार र जिल्ला कारागारलाई एकैपटक निशाना बनाइएको थियो। “ठिक रातको १ बजे पहिलो फायर सेनाको क्याम्पमा खोलियो,” उनले भने, “एक घण्टाभित्रै क्याम्प नियन्त्रणमा लियौं।”

पुनका अनुसार माओवादी जनमुक्ति सेनाले करिब डेढ घण्टामा सबै लक्ष्य नियन्त्रणमा लिएपछि उज्यालोसम्म स्थानीय जनतालाई सन्देश दिन मङ्गलसेनमै बसेर बिहान नारा–जुलुससहित विजय र्‍याली गर्दै फर्किएको थियो।

यो हमला माओवादी सशस्त्र युद्धको क्रममा सबैभन्दा ठूला योजनाबद्ध आक्रमणमध्ये एक मानिन्छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार