२०८३ साउन १३ गते बुधवार

स्ववियु निर्वाचन मा समाजवादी माेर्चा प्यानल २ स्वतन्त्र सहित ७ ले दिए सभापतिमा उमेदवारी



स्ववियु निर्वाचन मा समाजवादी माेर्चा प्यानल २ स्वतन्त्र सहित ७ ले दिए सभापतिमा उमेदवारी
भदौ ७, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचनमा समाजवादी माेर्चा प्यानल २ स्वतन्त्र सहित ७ जनाले स्ववियु सभापतिमा उमेदवारी
दिएका छन । स्ववियु निर्वाचन यही भदौ २८ गते मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुदै छ ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेतको स्ववियु निर्वाचनमा समाजवादी माेर्चा प्यानलबाट नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट दिपक खड्का , माेर्चा प्यानल कै अखिल (समाजवादी ) का सचिव चिन बहादुर सहकारी , अनेरास्ववियू का काेषाअध्यक्ष दिल बहादुर शाही स्वतन्त्र उमेदवार युवराज चपाई, दिपेश चन्द , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उमेश उपाध्याय,अनेरास्ववियुका जगतजंग शाही ,नेबिसंघका राेशन बस्नेत , र नेपाल क्रान्तिकारी विद्यार्थी संघका अस्मिता सुनारले सभापति उमेदवारकाे लागि उमेदवारी दर्ता गरेको निर्वाचन अधिकृत त्रिभुवन बि सिले जानकारी दिनुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको थियोे । यो विश्वविद्यालयकाे स्ववियु निर्वाचन लामो समयदेखि नभएको र गतशाल अन्तिम समयमा स्थगित भएकाे हुनाले ताेकिएकाे समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने विश्वविद्यालयका क्रियाशील विद्यार्थी संगठनकाे माग रहेको छ ।

विश्वविद्यालयकाे स्ववियु निर्वाचनबाट विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी संगठनले उमेदवारी दिएर जिते पछि विश्वविद्यालय कार्यसमितिको सदस्य हुने व्यवस्था विश्वविद्यालय ऐनले व्यवस्था गरेको छ ।

विश्वविद्यालय स्ववियु निर्वाचन पदाधिकारीलाई विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरुका हक र अधिकारको लागि पहल गर्ने विश्वविद्यालय विकासका लागि पहल गर्ने विद्यार्थीका समस्याको समाधान गर्ने प्रतिनिधिकाे रुपमा स्ववियु निर्वाचन लाई लिने गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार