२०८३ भाद्र २९ गते सोमवार

जनताको गणतन्त्रकाे लागि प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : पुस्पकमल दाहल प्रचण्ड



जनताको गणतन्त्रकाे लागि प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : पुस्पकमल दाहल प्रचण्ड
कमल कुमार शाही
स्वाभिमान खबर सुर्खेत, वैशाख २९

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राजनीतिक स्थायित्व र जनताको सशक्त प्रतिनिधित्वका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।

वाइसिएल नेपाल (YCL) कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साे राजनीतिक प्रणाली आवश्यक रहेको बताएको हुन । उनलेे वर्तमान संसदीय प्रणालीले जनअपेक्षा र लोकतान्त्रिक गणतन्त्रको मर्मलाई पर्याप्तरूपमा पूरा गर्न नसकेको बताए। संविधान संसाेधनकाे पक्षमा रहेको बताउदै उनले भने, माओवादी महिलालाई ५० प्रतिशत अधिकार दिनको लागि संविधान संसाेधनकाे पक्षमा रहेको बताउनुभयो । अब हामीले बहस गर्नुपर्छ — जनताको अधिकार सुदृढ गर्ने, स्थायित्व र विकासको मार्ग खोल्ने व्यवस्था प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री नै हाे ।

प्रचण्डले यस्तो प्रणालीमा जनताबाट सिधै प्रधानमन्त्री निर्वाचित हुने भएकाले, जनतासँगको सम्बन्ध अझ मजबुत हुने र नीति निर्माण तथा कार्यान्वयनमा जवाफदेहीता वृद्धि हुने बताए। “अहिलेको व्यवस्थाले बारम्बार अस्थिरता जन्माएको छ। त्यसैले हामीले गम्भीर समीक्षा गर्नुपर्छ,” उनले भने।

नयाँ पुस्तालाई समर्पण र संगठनमा जोड

प्रधानमन्त्रीले नयाँ पुस्तालाई क्रान्तिका मूल्य र विचारमा समर्पित हुन आग्रह गरे। “वाइसिएल जस्तो संगठन क्रान्तिको जग हो,” उनले भने, “हिजो हामीले बन्दुक उठाएका थियौँ, आज हामी विचार, संगठन र संस्कारकाे माध्यमबाट जनतन्त्र र जनजिविका र राष्ट्रियता का सवालमा समाजमा परिवर्तन ल्याउन अग्रसर हुनुपर्छ ”

कार्यक्रममा वाइसिएल नेपालका केन्द्रिय अध्यक्ष सुवाेध राज सेर्पाली , माओवादी केन्द्रका अन्य नेताहरू, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरू, कार्यकर्ता र युवा विद्यार्थीहरूको उपस्थिति थियो।

सङ्घीयता र समावेशीताकाे रक्षामा कटिबद्धता

प्रधानमन्त्रीले विगतमा प्राप्त उपलब्धिहरू — सङ्घीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षता — मा गम्भीर चुनौती आएको भन्दै त्यसको रक्षा र परिष्कार गर्न सबै अग्रगामी शक्तिहरू एक ढिक्का भएर लाग्नुपर्ने बताए। “हिजोका उपलब्धिहरूमाथि नै प्रश्न उठाउने प्रयास भइरहेका छन्, त्यसप्रति हामी सजग छौँ,” उनले चेतावनी दिए।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार