२०८३ साउन १४ गते बिहिवार

प्रधानमन्त्री ओली चीन पुगे, विजय परेडमा समेत सहभागी हुने



प्रधानमन्त्री ओली चीन पुगे, विजय परेडमा समेत सहभागी हुने
कमल कुमार शाही
स्वाभिमान खबर, भदौ १४ काठमाडौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन प्रस्थान गरी तिआन्जिन पुगेका छन्। उनी भदौ १५–१६ मा त्यहाँ आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्।

एससीओ शिखर सम्मेलनमा नेपालले ‘संवाद साझेदार देश’को हैसियतमा सहभागिता जनाउँदै आएको छ। यसपटक ओलीले शिखर बैठकमा क्षेत्रीय सुरक्षा, आपसी सहयोग र आर्थिक विकाससम्बन्धी नेपालकाे तर्फबाठ उच्चस्तरीय  भेटघाटको  तयारी गरेको स्रोतले जनाएको छ।

शिखर सम्मेलनपछि प्रधानमन्त्री ओली भदौ १८ गते बेइजिङ पुग्ने कार्यक्रम रहेको छ। बेइजिङमा दोस्रो विश्वयुद्धमा जापानको पराजयको सम्झनामा आयोजना हुने भव्य विजय परेडमा समेत उनले उपस्थित रहने तय भएको छ।

यो परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ–उनसहित २६ विदेशी नेताहरू सहभागी हुनेछन्। तर, जापानले यस कार्यक्रममा विभिन्न मुलुकलाई सहभागी नहुन आग्रह गर्दै असन्तुष्टि जनाएको छ।

तस्बिरमा प्रधानमन्त्री

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार