लडेर गम्भीर घाइते भै मृत्यु भएकाे भनिएका व्याक्तिकाे गाेलि लागि मृत्यु भएकाे रहस्य खुलेकाे छ
स्वाभिमान खबरले माघ ६ , दाङ
कमल कुमार शाही
दाङमा लडेर गम्भीर घाइते भै मृत्यु भएकाे भनिएका व्याक्तिकाे गाेलि लागि मृत्यु भएकाे रहस्य खुलेकाे छ । दाङको दंगिशरण गाउँपालिका २का काैवाघरिका २५ वर्षिय प्रेम बहादुर कुसारिकाे लडेर नभइ गाेलि लागि मृत्युु भएको खुलेको छ । कुसारी घाइते भइ राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर सामान्य उपचार गरि नेपालगन्ज नर्सिङ हाेममा रिफर गरिएकाे थियाे।
तर बेलुका नै उनकाे अस्पतालमा मृत्यु भयाे माघ ४ गते भेरि अस्पतालमै पाेस्टमार्टम गरि शव मृतकका बुवा अबिर कुसारीकाे जिम्मा लागाएकाे थियाे ।
लडेर नभै गाेलिलागेर मृत्यु भएकाे भन्ने खबर पाए पछि तत्काल कुसारीकाे घरमा पुगेकाे प्रहरी प्रमुख एसपी अर्जुन प्रसादले बताए घरमा पुग्दा शवकाे दाहसंस्कार गर्ने तयारि गरि रहेकाे प्रहरी प्रमुख एसपी लेे जानकारी दिएका छन । प्रहरीले भने हामीले मृतका बुवा सँग कुरा गर्दा आफुले अस्पतालमा बुझयाैँ केही शंका नएकाे छाेरा लडेरै मृत्यु भएकाे बताए तर सबै संकास्पद लागे पछि दाेस्राे पटक पाेस्टमार्टम गर्दा शरिरमै गाेली भेटिएकाे एसपी तिमिल्सिनाले जानकारी दिय ।
सिकार खेल्न गएका साथीहरूले बन्दुक बाेकेका थिए बन्दुक बाेकेका साथी लड्ने क्रममा गाेलि लागेकाे पुष्टि भएको छ ।
गाेलि लागि घाइते भएका कुसारीलाई नै अस्पताल ल्याएर आउने साेहि गाउँका २२ वर्षिय छबिलाल डाँगी र २७ बर्षिय पुष्पलाल बस्नेत फरार रहेका थिय।
उनीहरुलाई तुलसीपुर बजार बाट पक्राउ गरि पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे छ ।
उनिहरुकाे बयानकाे आधारमा राजाकाेट सामुदायिक वनमा एकथान भरुवा बन्दुक लुकाएर राखिएकाे अवस्थामा बरामद समेत गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्