२०८३ साउन १५ गते शुक्रवार

प्रतिगमन र यथास्थितिवादी षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको विराेध प्रदर्शन



प्रतिगमन र यथास्थितिवादी षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको विराेध प्रदर्शन

स्वाभिमान खबर , चैत २४

सुर्खेत । प्रतिगमन र यथास्थितिवादी षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले विरोध प्रदर्शन गरेको छ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। सुर्खेत स्थित यरिचौक बाट नाराबाजी सहित शुरु भएको र्‍याली बिच बजारकाे पिपल चौतारामा आएर कोणसभामा परिणत भएको थियोे ।

र्‍यालीमा प्रतिगमन मुर्दावाद, नेपाली बिशेषताकाे समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, शिक्षा स्वस्थ निशुल्क गर लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका पिविएम तथा सुर्खेत जिल्ला इन्चार्ज एटमसी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्।

उनले पछिल्लो समय दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिहरु राजतन्त्रको वकालत गर्दै आन्दोलन गर्न थालेको र यस आन्दोलन काे कुनै राजनीति उदेश्य नरहेको उल्लेख गरे।

उनले गणतन्त्रको भत्ता खाएर गणतन्त्रको विरोध गर्नेहरु दलाल र रैती भएको बताउँदै यिनिहरुलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। राजतन्त्रवादिहरु बेलैमा सचेत भएनन् र धेरै चलखेल गरे उनिहरुको दुखद अन्त्य हुने समेत उनले चेतावनी दिएका छन्।

सुर्खेत जिल्ला सेक्रेटरी जित सीले समाजवादकाे  विकल्प जनताले मिल्काइसकेको राजतन्त्र नहुने स्पस्ट पार्दै उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको र सबै समस्याको निकास समाजवादी व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार