२०८३ भाद्र २९ गते सोमवार

सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यूको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न



सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यूको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

स्वाभिमान खबर ,चैत २२
कमल कुमार शाही

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. भारती जोशी तथा सदस्य प्रा. डा. रामेश्वर अधिकारीको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चैत २२ गते विश्वविद्यालय काे केन्द्रीय कार्यालयकाे सेमिनार हलमा सम्पन्न भएको हाे ।

कार्यक्रमका अध्यक्ष एवं विश्वविद्यालय उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमकाे उपस्थितिमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपकुलपति गौतमले उहाँहरुको योगदान र अनुभवले मध्यपश्चिम विश्वविद्यालयको उन्नयन र विकासमा टेवा पुगेको उल्लेख गर्दै धन्यवाद एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिदाई मन्तव्यमा बोल्नुहुदै अध्यक्ष प्रा. डा. भारती जोशीज्यू एवं सदस्य प्रा. डा. रामेश्वर अधिकारीज्यूले मध्यपश्चिम विश्वविद्यालयमा काम गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नो चार वर्षे कार्यकाल अवधिभर साथ-सहयोग गर्नुहुने सम्पूर्ण लाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा ५० जना कर्मचारी तथा प्रध्यापक नियुक्ति भएको बताउनुभएको बाँकी काम आगामी दिनमा पूरा हुने विश्वास राख्नुभएको थियोे । सेवा आयाेगका अध्यक्ष काे नियुक्ति यस विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा वली तथा सहकुलपति माननीय शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठले नियुक्ति गरेका थिए । अध्यक्ष तथा सदस्यज्यूले कुलपति तथा सहकुलपतिलाई लाई बिशेश धन्यवाद दिनुभयो ।

सम्मान तथा बिदाई कार्यक्रममा स्वागत मन्तव्य रजिष्ट्रार प्रा. डा. शोभाखर कंडेलज्यूले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डीन तथा डाइरेक्टरको तर्फबाट ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीप बहादुर रावलज्यू, विभागीय प्रमुखको तर्फ बाट उप-प्रा. चन्द्र प्रकाश आचार्यज्यू एवं उप-प्रा. प्रतिभा खड्काज्यू र कर्मचारीहरुको तर्फबाट प्रशासन अधिकृत शेर बहादुर के.सी. ले बिदाई मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक एवं कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन उपकुलपति सचिवालयका सदस्य एवं विभागीय प्रमुख उप-प्रा. खेमराज रावतज्यूले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार