२०८३ साउन १२ गते मङ्गलवार

स्ववियु निर्वाचन सम्बन्धि रिट अदालतले खारेज गर्याे



स्ववियु निर्वाचन सम्बन्धि रिट अदालतले खारेज गर्याे

असाेज , ६ सुर्खेत

दिपेन्द्र बहादुर शाही


मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन सम्बन्धि रिट अदालतले खारेज गरेको छ । आइतबार जिल्ला अदालत सुर्खेतले रिट निवेदन माथि फैसला गर्दै खारेजीको लागि परमादेश गरेको हाे ।

स्ववियु निर्वाचनमा अन्तिम मतदाता नामावलीमा ग्य्राजुयट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी वायुलाेजि पाँचौ सेमेष्टरमा अध्यायनरत विद्यार्थी रंजित बि क , भरत बुढाक्षेत्री , कृष्णप्रसाद अधिकारी र संन्ताेष चौधरीले स्ववियु निर्वाचन यथास्थितिमा राेक्न भन्दै भदौ २७ गते रिट निवेदनकाे माग गरेका थिए ।

स्ववियु निर्वाचनकाे भदौ २८ गते मिति ताेकिएकाे थियो । आज असाेज ६ गते निबेदकहरुका तर्फबाट विदान अधिवक्ता श्री नवराज चौलागाईं , श्री हस्तराज रेग्मी ,श्री मातृकाप्रसाद खनाल , श्री खगेन्द्र प्रसाद खनाल तथा बिपक्षी मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्काे तर्फबाट अधिवक्ता श्री भाेजराज आचार्य , श्री विवश कुमार कुमार बस्नेत ,श्री उतम प्रसाद आचार्यले बहस गरेका थिए । अदालतले अन्तरिम आदेशमा निबेदकलाई अन्तिम मागदाबी गर्ने समय समेत दिएको भए पनि निबेदकले साे समयमा मागदाबी नगरेकोले रिट खारेज गरेकाे खारेज परमादेशमा उल्लेख छ ।
अदालतले खारेज गरेको रिट परमादेश यस्ताे रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार