विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद् बोलाइने, शिक्षक आन्दोलनप्रति सरकार गम्भीर
कमल कुमार शाही
स्वाभिमान खबर ,बैशाख ३
काठमाडौँ । सरकारले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि आगामी वैशाख १२ गते बिहान ११ बजे संसदकाे विशेष अधिवेशनल बोलाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गरी विधेयक पारित गर्ने तयारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा वलीको अध्यक्षतामा बसेको बैठकले नेपाल शिक्षक महासंघले उठाएको माग सम्बोधन गर्न सरकार गम्भीर र संवेदनशील रहेको जनाएको छ। संवाद निरन्तर भइरहेकाले सरकार यथोचित माग सम्बोधन गर्न तयार रहेको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी गराइएको छ।
जानकारीमा भनिएको छ, “नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। हाल विद्यार्थीहरू एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षा लगायत विभिन्न परीक्षामा व्यस्त रहेकाले प्रदर्शन र विरोधका कार्यक्रम स्थगन गरी सम्पूर्ण शिक्षकहरूलाई आफ्ना कार्यस्थलमा फर्कन अनुरोध गर्दछौँ।”
शिक्षक आन्दोलनका कारण कक्षा १२ काे परिक्षा तथा पठनपाठनमा असर पर्ने अवस्था देखिएको भन्दै सरकारले अभिभावक तथा विद्यार्थीहरूलाई मानसिक रूपमा आहत नपार्न समेत आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्