शिक्षकहरु फेरि आन्दोलित : माग पूरा नभए सम्म कक्षा काेठामा नफ्रकिने अडान
स्वाभिमान खबर , चैत २०
कमल कुमार शाही
काठमाडौं । देशभरका शिक्षकहरू फेरि आन्दोलित भएका छन् उनले राजधानी काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । आफ्ना माग पूरा नभए सम्म कक्षा काेठामा नफ्रकिने अडान राखेका छन । नेपाल शिक्षक महासंघको आव्हानमा विभिन्न शैक्षिक एवं पेशागत समस्याको आवाज उठाएर शिक्षकहरुले आन्दोलन सुरू गरिएका हुन । देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा होमिएका छन् ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले बिचमा एसइई आउदा आन्दोलन स्थगित गरेका थिए आजबाट पुन ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेका हुन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गरिएको महासंघका नेता बताउँछन् । २०२८ कै पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युगअनुसारको कानून खोजेको उनीहरूको भनाइ छ ।
आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने पनि उनीहरूको माग छ ।
आन्दोलनमा उपस्थित एक शिक्षकले यसअघिका सम्झौता पालना नगरिएको गुनासो गरे । मासिक तलब पनि नियमित नपाएको उनको भनाइ छ । पर्साबाट आएका शिक्षक गोकर्ण सुवेदीले संघर्ष अनिश्चितकालसम्म जाने बताए ।
हिजो दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म शिक्षकरूले दबाबमूलक र्याली निकाले । आजबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्