मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ २८६४ समानुपातिक तर्फ २८६१ मत खस्यो
स्वाभिमान खबर चैत १८
कमल कुमार शाही
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा सोमबार बिहान ९ बजेबाट सुरु भएको स्ववियु निर्वाचन मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत खगेन्द्र अधिकारी अनुसार कुल ४३८३मतदातामध्ये प्रत्यक्ष तर्फ २८६४ समानुपातिक तर्फ २८६१ मत खसेको बताएका छन्। जम्मा ६५.३४ मत स्ववियु निर्वाचनमा खसेको छ ।
४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा ३४ प्रतिशत अर्थात१५१९ विद्यार्थीहरु मतदानमा सहभागी भएनन् । मत गणना आज रातिबाट सुरु हुने निर्वाचन अधिकृत अधिकारीले बताएका छन।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार













प्रतिक्रिया दिनुहोस्