सरकारले गर्याे नेकपा संग गरेको तीन बुदे सहमतिको उल्लंघन
अछाम मा नेकपाका सचिवालय सदस्यीय तिलक सी पक्राउ
स्वाभिमान खबर , चैत ४
कमल कुमार शाही
अछाम/ नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टी नेकपा संग गरेको तीन बुदे सहमतिकाे उल्लंघन गर्दै अछाममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य जिल्ला सचिवालय सदस्य तिलक सी` बिकास´लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको मङ्गलसेन नगरपालिका वडा न १४कालागाउँबाट उनलाई आज दिउँसो पक्राउ गरि सदरमुकाम मङ्गलसेनतर्फ लिएको जिल्ला सेक्रेटरी निरक सीले जानकारी दिएका छन् । अछाम जिल्ला प्रहरी कार्यालय सुचना अधिकारीले दिएको जानकारी अनुसार तिलक सीलाई जिल्ला अदालत अछामले ७७मा राज्य बिरुद्धकाे कसुर ठहर गरेको थियोे अदालतले १ महिना १० दिन कैद सजाय सुनाएको तर उहाँले कैद भुक्तान नगरेकाले अदालतले फरार सुचीमा राखि नाम दर्ज गरि जिल्ला प्रहरी कार्यालयलाई पठाएकोले उहाँ भेटीएकाले पक्राउ गरि अदालतलाई बुझाएको बताएको छ ।
तत्कालीन ओली नेतृत्वको नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति २०७७ फाल्गुन २० गते भएको थियो। यस सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, सरकारसँग संवादमार्फत समस्याहरू समाधान गर्ने र सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताहरूको रिहाइ गर्ने तथा सम्पूर्ण मुद्दाहरू खारेज गर्ने उल्लेख गरिएको थियो। यो सहमति २०७७ फाल्गुन २१ गते सार्वजनिक गरिएको थियो। अहिले नेकपाका नेता तथा कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमति बिपरित तिलक सि ” बिकास ” लाई पक्राउ गरिएको भन्दै नेकपा अछामले बिना सर्त तिलक सिलाई छाेडन एक विज्ञप्तिमार्फ माग गरेकाे छ ।
निरक सीले सरकारले तीन बुदे सहमतिको कार्यान्वयन गरेर मुलुकमा शान्तिपूर्ण बाताबरण बनाउनु पर्नेमा उल्टै सहमतिको उल्लंघन गरेर गैरजिम्मेवार चरित्र प्रदर्शन गरेको बताएका छन् ।
नेकपा काे विज्ञप्ति ।














प्रतिक्रिया दिनुहोस्