राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ पक्षमा भारत तटस्थ रहदा नेपाल युक्रेनकाे पक्षमा उभियो
स्वाभिमान खबर , फागुन १४
कमल कुमार शाही
काठमाडौं ।राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ पक्षमा भारत तटस्थ रहदा नेपाल युक्रेनकाे पक्षमा उभियोएकाे छ ।
नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्छ’ भन्ने प्रस्तावमाथि भएको मतदानमा भारत तटस्थ रहदा नेपाल युक्रनको पक्षमा उभिएको हो ।
सोमबार राष्ट्रसंघमा भएको मतदानमा नेपालले रुस तत्काल युक्रेनी भूभागबाट फिर्ता हुनुपर्ने पक्षमा मतदान गरेको थियोे ।
रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ राष्ट्रले मतदान गरे । यस्तै, ६५ देश मतदानमा भाग नलिई तटस्थ बसे ।
बहुमत सदस्यले ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ प्रस्तावको पक्षमा मतदान गरेका कारण प्रस्ताव अनुमोदन भएको छ ।
अमेरिका, इजरायल, हंगरीलगायत देश प्रस्तावको विपक्षमा अर्थात् रुसको पक्षमा उभिएका थिए । रुसले यस प्रस्तावको विपक्षमा मतदान गरेको थियो । प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत, फ्रान्स लगायत राष्ट्र थिए । संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा एशियाका दुई ठूला देश भारत चीनले भाग लिएनन् तटस्थ बसेका छन ।














प्रतिक्रिया दिनुहोस्