राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष धुव्र आचार्यले पदबहाली गरे
स्वाभिमान खबर माघ १, काठमाडौं
देपेन्द्र बहादुर शाही
राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्यले पदबहाली गरेका छन् ।
सोमबार त्रिपुरेश्वरस्थित राखेपको कार्यालयमा पुगेर राखेप उपाध्यक्ष आचार्यले पदबहाली गरेका हुन् । त्यसअघि उपाध्यक्ष आचार्यलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । १६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका-७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।
यसअघिका उपाध्यक्ष शिव कोइरालाको ३१ साउन २०८१ मा पदावधि सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त थियो ।













प्रतिक्रिया दिनुहोस्