चिनी उद्योग खुल्ले पछि उखु किसानकाे आर्थिक आम्दानी बढयाे
पौष १९ , कञ्चनपुर
देपेन्द्र बहादुर शाही
कञ्चनपुर जिल्लाका किसानले उखु खेती धेरै पहिले देखि गरे पनि ०६७ सालदेखि बेलौरी नगरपालिका– १० शिवनगरमा महाकाली सुगर इन्डस्ट्रिज प्रालि र ०७२ सालदेखि पुनर्वास नगरपालिका– २ दशरथ बस्तीमा भागेश्वर सुगर मिल एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालि सञ्चालनमा आए पछि उखु किसानको आर्थिक आम्दानी बढेको छ । ‘पहिला गाउँकै कोल उद्योग र भारतमा बेच्दै आएका थिए, उतिवेला किसान निकै समस्यामा परे पनि अहिले गाउँकै ठुला चिनी उत्पादन उद्योग सञ्चालनमा आएसँगै किसानलाई सहज भएको छ ।’ उखुले किसानको जीवनस्तरमा आर्थिक वृद्धि गरेसँगै स्वदेशमै पनि रोजगारीको आधार बनेको बताए ।
उनले सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान लिनका लागि झन्झट हुने भएकाले उखुकै मूल्यमा समायोजनमा जोड दिए । तीनै तहका सरकारले युवा वैदेशिक पलायन रोक्नका लागि युवाहरूलाई उखु किसानका कार्यक्रममा संलग्न गराउनुपर्ने बताए ।
दुवै चिनी उद्योगका अनुसार जिल्लामा झन्डै १५ हजार हेक्टर जमिन क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ, तैपनि उद्योगलाई अन्तिमतिर कच्चा पदार्थको अभाव हुँदै आएको छ ।
महाकाली सुगर इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले यस वर्ष १७ मंसिरदेखि उद्योगले उखु क्रसिङ गरिरहेको बताए । उनले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ भइरहेको र उद्योगसँग प्रत्यक्ष चार हजार हाराहारीमा किसानले वार्षिक उखु बेच्दै आएको बताए ।
वार्षिक २१ लाख क्विन्टल उखु क्रसिङ गर्दै आएको उद्योगले गत वर्ष एक लाख ८० हजार क्विन्टल चिनी र आठ लाख लिटर स्प्रिड उत्पादन गरेको बताए । उनले कच्चा पदार्थ अभाव हुने र सडक सुविधा चुनौतीपूर्ण रहेको बताए । भागेश्वर सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख डम्बर खड्काले गत २० मंसिरदेखि उखु क्रसिङ गरिरहेको बताए । उनले दैनिक २५ हजार वार्षिक २५ लाख उखु क्रसिङ गर्दै आएका छन्













प्रतिक्रिया दिनुहोस्