२०८३ साउन १३ गते बुधवार

भ्रष्टाचार काण्ड छानबिन गर्न नेताले चिनेको हाेइन जनताले चिनेको पूर्व प्रधानन्यायाधीश काे नेतृत्वमा शक्तिशाली आयाेग गठन गरौँ – अर्जुननरसिंह केसी 



भ्रष्टाचार काण्ड छानबिन गर्न नेताले चिनेको हाेइन जनताले चिनेको पूर्व प्रधानन्यायाधीश काे नेतृत्वमा शक्तिशाली आयाेग गठन गरौँ – अर्जुननरसिंह केसी 
पौष १९ , काठमाडौं
देपेन्द्र बहादुर शाही
अर्जुननरसिंह केसीले नेपालमा घटेका भ्रष्टाचार काण्ड छानबिन गर्न नेताले चिनेको हाेइन जनताले चिनेको पूर्व प्रधानन्यायाधीश काे नेतृत्वमा शक्तिशाली आयाेग गठन गरौँ भनेका हुन ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्न माग गरेका हुन ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले सर्वदलीय सहमतिमा भ्रष्टाचारको काण्ड छानबिन गर्न आयोग बनाउनुपर्ने बताए पछि नेता केसीले नेताले चिनेको हाेइन जनताले चिनेको पूर्व प्रधानन्यायाधीश काे नेतृत्वमा शक्तिशाली आयाेग गठन गरौँ भनेका हुन ।

उनलेे चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन,ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं’उनले भने ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले राजनीतिक व्यक्तिको नेतृत्वमा आयोग बनाउँदा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउन माग गरेका हुन् ।

 

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार