२०८३ साउन १२ गते मङ्गलवार

टीकापुर विमानस्थलमा झन्डै २७ वर्षपछि उडान सम्पन्न



टीकापुर विमानस्थलमा झन्डै २७ वर्षपछि उडान सम्पन्न
मंसिर ३० , कैलाली
दिपेन्द्र बहादुर शाही

कैलालीको टीकापुर विमानस्थलमा झन्डै ३८ वर्षपछि आज सफल परीक्षण उडान सम्पन्न भएको छ।
नेपाल वायुसेवा निगम र तारा एयरको विमानले यो परीक्षण उडान गरेका थिए।
यसका लागि तारा एयरलाइन्सको १७०१ नम्बरको वाइटी विमान प्रयोग गरिएको थियो। विमानस्थललाई नियमित उडानका लागि तयारी गर्न परीक्षण गरिएको हो।

यो विमानस्थल झण्डै १८ बिघा क्षेत्रफलमा फैलिएको छ, र यो पुनः सञ्चालनले टीकापुर क्षेत्रको हवाई यातायातलाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ। परीक्षण उडान सफल भएसँगै काठमाण्डू–टीकापुर उडान नियमित गर्न सकिने सम्भावना बढेको छ। यसले यहाँकाे पर्यटन क्षेत्रमा चहलपहल बढने छ भने नागरिकहरु हवाई सेवा उपयोग गर्न पाउने छन् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार