परराष्ट्र मन्त्री आर्जु राणाले जाल्पादेवी केबलकार काे शिलान्यास गरिन
पौष १३ गते, कैलाली
देपेन्द बहादुर शाही
नेपाल सरकारकि परराष्ट्र मन्त्री आर्जु राणाले जाल्पादेवी केबलकार काे शिलान्यास गरेकी छन । पौष १३ गते सनिवार लम्की चुहा नगरपालिकाकाे चिसापानी कैलाली मा एक ओपचारीक कार्यक्रम गरि जाल्पादेवी केबलकारकाे शिलान्यास मन्त्री राणाले गरेकी हुन ।
जाल्पादेवी केबलकार कैलाली जिल्लाको लम्की चुहा नगरपालिका- ३ देखि मोहन्याल गाउँपालिका- ७ राजकाँडासम्म संचालन हुनेछ । यसकेा दुरी ३.१ किलोमिटर लामो हुनेछ ।
मन्त्री राणाले शिलान्यास कार्यक्रममा बाेल्दैफ सुदूरपश्चिम प्रदेशको पर्यटन पुर्वाधार काे लागि केबलकार नयाँ आयाम भएको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशलाई प्रकृति रूपमा चित्रण गर्नुभयो । यो प्रदेश कृषि पर्यटन र जलस्रोत ठुलो आर्थिक सम्भावना रहेको बताउनुभयो ।
केबलकार संचालन भए पछि यस ठाउँको पर्यटन क्षेत्रकाे विकास संगै आर्थिक क्षेत्रमा पनि विकास हुनेछ भने यहाँका नागरिकको जिवनस्तर सुधार हुनेछ ।













प्रतिक्रिया दिनुहोस्