२०८३ साउन १४ गते बिहिवार

काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको छ



 

काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७  लाख  ९३ हजार जरिवाना गरेको छ
स्वाभिमान खवर चैत १६
देपेन्द्र बहादुर शाही

काठमाडौं, – काठमाडौं महानगरपालिकाले वडा नं. ३२ स्थित तिनकुने मा राजावादीले कार्यक्रम गर्दा फाेहर व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको छ ।

महानगरपालिकाले दिएको जानकारीअनुसार, सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सडक तथा वातावरणीय मापदण्ड उल्लंघन गर्ने कार्य भएकाले सम्बन्धित पक्षलाई कारबाही गरिएको बताईएको छ। चैत १५ गते तिनकुने मा राजावादीले प्रदर्शन गर्दा फाेहाेर गरेको भन्दै महानगरपालिकाले जरिवाना तिराएको हेा । प्रदर्शन हिँसात्मक हुँदा एक पत्रकार सहित दुई जनाको ज्यान गएको थियो।

नगर प्रहरी निरीक्षक ईश्वर प्रसाद पाण्डेका अनुसार, यस्तो कारबाही वातावरण संरक्षण तथा सार्वजनिक स्थानको स्वच्छता कायम गर्न गरिएको बताएका छन्।

महानगरपालिका काे पत्र ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार