२०८३ भाद्र ३० गते मङ्गलवार

समाजवादी व्यवस्था भनेको जनताको व्यवस्था हो – सागर सी



समाजवादी व्यवस्था भनेको जनताको व्यवस्था हो सागर सी
जेठ ३
रसुवा

नेपाल कम्युनिस्ट पार्टी रसुवाले अभियान सुरु गरु गरेकाे छ । जेठ ३ गतेदेखि श्रवण ३ सम्म अभियान संचालन हुने जिल्ला ईन्चार्ज सागर सीले बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी रसुवा जिल्लाले एकृकित जन क्रान्ति को कार्यदिशा मार्फत नेपाली विशेषताको समाजवाद ले मात्र देशको राजनीतिक र आर्थिक समस्याहरु समाधान गर्न सक्ने र दलाल संसदीय व्यवस्था नेपाली जनताको लागि संकट उत्पादन गर्ने थलो भएको समाजवादी व्यवस्थाको पक्षमा व्यापक जनमत निर्माण गर्न पार्टी शुद्धीकरण तथा जनसम्बन्ध बिस्तार गरौ भन्ने अभियान सुरु गरेको छ ।

अभियान जेठ ३ गतेदेखि श्रवण ३ सम्म अभियान संचालन हुन भनिएको छ। जिल्लामा रहेका विभिन्न समस्याको समधान संग जनताको पक्षमा पार्टीलाई उभाउने र बेथिती रोक्ने बताईएको छ

जेठ ३ गते रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर १ खाल्टेमा नेकपाका केन्द्रीय समिति सदस्य तथा रसुवा जिल्ला इञ्चार्ज सागर सी ले सो अभियानको उ‌द्घाटन गरेका छन् ।

अभियानको क्रममा रहेका जिल्ला सेक्रेटरी प्रकाश सी जिल्ला सदस्य निङमा सी काल्साङ सी बिर्ख सी ले उपस्थित जनसमुदायहरुलाई प्रशिक्षित गरेका थिए।

जिल्ला सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला कार्य समितिका सदस्यहरु निङमा सी, काल्साङ सी ले मन्तव्य राखेका थिए समाजवादी व्यवस्था जनताको व्यवस्था भएको र सम्पूर्ण कम्युनिस्टहरू समाजवादको लागि एक ठाउँमा आउनुपर्ने धारणा राख्दै प्रमुख वक्ता जिल्ला इन्चार्ज सागर सी ले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकले एकताको सम्पूर्ण ढोका खुला राखेको र अब एकताको लागि ढिला नगर्नुपर्ने र आफ्नो पार्टीको उत्पादन निति अनुरुप जनता र समर्थक ले बेरोजगार बस्न नपर्ने र मान्छेलाई बिदेश पलायन बाट रोक्ने पहल गरिने र भ्रष्टाचार नियन्त्रण गर्नुे सी साँस्कृतिक अनुसार जन्म मृत्यु र बिवाहा सस्कार मनाउनुपर्ने अन्यथा धर्म र साँस्कृतिक बढि खर्चिलो भएको जिकिर गर्नु भएको थियो ।

जनजाति खशआय मधेसी मुस्लिम महिला श्रमिक समुदाय राज्यको पहुज बाहिर रहेको र यिनको लागि समाजवादी व्यवस्था जरुरी भएको तर्क गर्नु भयो उहाँले थप्दै भन्नुभयो अब आफ्नो पार्टी चुनावलाई एकृकित जन क्रान्ति को एक मोर्चाको रुपमा लिनेछ र प्रयोग गर्नुपर्ने र जनताका काम गर्नुपर्ने होइन भने नेपाल को अस्थित्व नै संकटमा रहेको बतानुभएको थियो अभियानको क्रममा संगठन शुद्धिकरण गर्ने र जन सम्बन्ध बिस्तार हुनेमा आफू बिसस्त रहेको र जनतालाई न आतिन अनुरोध गर्नुभएको थियो कार्यक्रम को अध्यक्ष प्रकाश सी र संचालन निङमा सी ले गर्नु भएको थियोे ।

कमरेड चतुर सी को अध्यक्षतामा ९ सदस्य वडा कमिटी गठन गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार