२०८३ साउन १३ गते बुधवार

कालिकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु



 

कालिकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटको

नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

४३ बर्षिय केशव थापा र २५ बर्षिय गंग थापाको घटनास्थलमै मृत्युु भएको स्थानीयले बताएका छन ।
एक महिना पहिले मात्रै राष्ट्रिय प्रसारण लाईन पुगेको नरहरिनाथ गाउँपालिकाको लालुमा आज एका बिहानै यस्तो अप्रिय घटना घटेको हो ।
घर नजिकैको बिजुलीको पोल व्यवस्थित तरिकाले नराखिएको हुनाले उक्त पोल ढल्दा दुई जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको जानकारि पाए पछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगि सकेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार