२०८३ साउन १३ गते बुधवार

बङ्गला देशको राजधानी ढाकाकाे व्यापारीक भवनमा आगलागी हुदा ४३ जना भन्दा बढीको मृत्यु ।



बङ्गला देशको राजधानी ढाकाकाे व्यापारीक भवनमा आगलागी हुदा ४३ जना भन्दा बढीको मृत्यु । 

१९ फागुन  , काठमाडौं

बङ्गला देशकाे राजधानी ढाका स्थित एक व्यापारिक ठुलाे भवनमा आगलागि हुदाँ कम्तिमा ४३ जनाकाे मृत्यु भएको पुष्टि भएको हाे । थप मृत्यु हुनेकाे संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।

बङ्गला देशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनका अनुसार ३३ जनाकाे शव ढाका मेडिकल कलेज अस्पतालमा र अन्य १०वनाकाे शव शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरि मा राखिएकाे बताएका छन ।

स्थानिय समय अनुसार बिहिबार राति ९:३० बज्जे आगलागी भएको पाइएको छ । फायर सर्भिस एन्ड सिभिल डिफेन्सका इन्स्पेक्टर अनवारुल इस्लामले ४२ जना अचेत अवस्थामा रहेका सहित ७५ जनालाई ग्रिन काेजि कटेज सपिङ्ग महलबाट उद्वार गरि विभिन्न अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

घटना भएको ठाउँमा आगलागी भएको भवनलाई ११: ३० बजे १२वटा दम्मकल प्रयोग गरि आगाे नियन्त्रण लिएको थियोे ।

स्थानीयका अनुसार सात तले भवनको माथि एक वटा रेष्टुरेन्ट ,एक वटा आउटलेट अन्य थुप्रै पसल रहेको बताएका छन । ती सबै आगलागीबाट क्षति भएका हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार