जनताबाट प्रचण्ड केपी शेरे रवि ज्ञानेन्द्र सबैले खाए
प्रचण्ड ले जुत्ता खाए
के पि ले मुक्का खाए
रवि ले खोया नै खाए
ज्ञानेन्द्रले मोबाइल खाए
शेरे ले सधै गाली पाए
विप्लव हिलो, धुलो , घाम पानी नभनी
जनता सङ्ग छन त्यसैले त सबैको माया पाए।
हुन त यिनैले देश का नदि नाला बेचेर खाए
अनि पो तेरो घरमा काङ्ग्रेस पसोस भनी पाए
कहिले ग्यास,जहाज र रेल ल्याउछु भन्दै आए
कहिले देशलाई स्विजर्ल्यान्ड बनाउछु भन्दै आए
अझ उस्तै गफ हान्ने मिसन ८४ वाला जन्माए
त्यसैले त कहि जुत्ता ,मुक्का अनि खोया खाए
विप्लव ले हिलो ,धुलो ,झरी र चर्को घाम खान्छन र पो अर्गानिक खाए अनि जनताको साथ पाए
अझ जनता झुक्याउन छोडेका छैनन्
सत्ता हत्याउने सस्कार तोडेका छैनन्
युवा बेरोजगारी ले बिदेश लागि सके
बिद्रोहि गाउँ गाउँ बाट जागी सके
अब तिमिले खाने भने कै ढुङ्गा मुडा हो।
जनता तिम्रा यी चुनाव बाट थाकी सके
विप्लव त्यसैले त अग्रगामी ब्यबस्थाको
जनता ले गाउँ शहरमा नारा लेखी सके
ए एमाले , काङ्ग्रेस र माओवादी हो
राष्ट्रिय स्वतन्त्र अनि राप्रपा खाववादी हो
अब चौरासी हैन आजै उत्पादन मा लाग
हैन भने अब श्रमिक जनताको नेता
विप्लव आउछन तिमी देश बाट भाग
प्रचण्ड ले जुत्ता खाए
के पि ले मुक्का खाए
रवि ले खोया नै खाए
ज्ञानेन्द्रले मोबाइल खाए
शेरे ले सधै गाली पाए
विप्लव हिलो, धुलो , घाम पानी नभनी
जनता सङ्ग छन त्यसैले त सबैको माया पाए।
तुलराज सी
https://rumble.com/v3myqqq–surkhet-nepal.html














प्रतिक्रिया दिनुहोस्