२०८३ जेष्ठ २२ गते शुक्रवार

अखिल (क्रान्तिकारी) कैलाली जिल्लाको २३ औं संयुक्त जिल्ला सम्मेलन सम्पन्न।



अखिल (क्रान्तिकारी) कैलाली जिल्लाको २३ औं संयुक्त जिल्ला सम्मेलन सम्पन्न।
२७ माघ/ धनगढी, कैलाली

अखिल क्रान्तिकारी कैलालीको संयुक्त २३ औं जिल्ला सम्मेलन धनगढी स्थित उद्योग बाणिज्य संघको हलमा सम्पन्न भएको छ । संगठनको केन्द्रिय सदस्य कैलाली इन्चार्ज महेश सी को अध्यक्षतामा सम्पन्न सम्मेलनले पश्चिम जिल्ला बिनोद सी को अध्यक्षतामा ४१ सदस्यिय र पुर्वी जिल्लाको सम्मेलन कम्लेस सी को अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका  स्थायी समिति  सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भरत सी को प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सी, केन्द्रिय सदस्य तथा महाकाली इन्चार्ज समर सी, केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सी, केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज बिराट सी, केन्द्रिय सदस्य तथा डोटि इन्चार्ज बिमल सी, संगठनको सचिव प्रकाश सी,संगठनको केन्द्रिय कार्यालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज इन्चार्ज बबरजङ्ग सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्यहरु , जिल्लाको सेक्रेटरीहरुको आतिथ्यता रहेको थियो ।

पार्टीको अन्य जबसको नेता कार्यकर्ताहरुको समेत विशेष उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि,अतिथिहरुले मैनबत्ती बालेर अतासबाजी पट्कायर उद्घाटन गरिएको सम्मेलनलाई पार्टीका स्थायी सदस्य भरत सी, सेती र महाकाली का द्वय इन्चार्ज भगत सी, समर सी, संगठनको सचीव प्रकाश सी, कार्यालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, अनेमसंघको ब्युरो इन्चार्ज सुनिता सी लगायतले सम्बोधन गरेका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगत सी ले सुरुवात मै कबिता सुनायर विद्यार्थीलाई निकै चेतनामूलक संदेश प्रबाह गरेर उत्साहित गरेका थिए बिद्यार्थीले राजनीति बुझ्न पर्ने, समाजको अभिन्न अंग विद्यार्थी भएकोले अन्य विद्यार्थी संगठन दलाल सत्ताका भर्र्याङ् बनेकाले सचेत बिद्रोहको नेतृत्व अखिल क्रान्तिकारीले गर्न पर्ने, यसका लागि हरेक क्षेत्रमा पार्टीले लिएको एकीकृत नीति आजको आवस्यकता रहेको र विद्यार्थी त्यसमा जोडिन अनुरोध गरेका थिए । सम्मेलनले कुशल नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए यस्तै ब्युरो इन्चार्जहरुले पार्टी विद्यार्थीलाई उत्पादनमा जोडिन सहयोग गर्ने आजको शिक्षाले बेरोजगारी बढाएको र शिक्षालाइ रोजगार संग जोडिने शिक्षा आवस्यक रहेको बताए यस्तै बबरजङ्ग सीले शैक्षिक विकृत्ति र विसंगति विरुद्ध सडक बाघका रूपमा स्थापित अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका लागि सदैव संघर्षमा रहेको बताए।

आफ्नो संगठनले शैक्षिक बिकृती बिसंगती विरुद्ध धावा बोल्नुका साथै शैक्षिक रुपान्तरणमा अग्रणी भुमिका निर्वाह गरेको बताउँदै उच्च शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउनुपर्ने र विद्यालय शिक्षा निःशुल्क र सिपमुलक बनाउनुपर्ने, शिक्षालाई अनिवार्य श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउँदै श्रममा हीनताबोध होइन गौरव गर्ने शिक्षा प्रणाली आवश्यक रहेको बताए। राष्ट्रलाई आवश्यक पर्दा संघर्ष गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्दै वर्तमान शिक्षाप्रणालीले युवायुवतीलाई अन्तर्राष्ट्रिय श्रमबजारमा बेचिरहेको आरोप लगाए।शिक्षालाई समयानुकूल खोज र अनुसन्धानमा लगाउन पर्ने बताए ।

जिल्ला भरिबाट उपस्थित प्रतिनिधि प्रवेक्षक प्रमुख अतिथि अतिथिलाई आयोजक बाट बिद्रा सी ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो। सम्मेलनमा जिल्ला भरिका क्याम्पस,कलेज, बिद्यालयबाट ३९० बढी विद्यार्थीको सहभागी रहेको थियो । सम्मेलनमा विभिन्न सांस्कृतिक नृत्यहरु प्रदर्शन गरेको थियो भने उक्त सम्मेलनको संचालन संगठनको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिनोद सी ले गरेका थिए। सम्मेलनबाट निर्वाचित जिल्ला समितिलाई सपथ ग्रहण गराउदै अन्तमा नारावाजी सहित सम्मेलन निकै उत्साह सहित सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार