सुर्खेत बहुमुखी क्याम्पमा सयुक्त विद्यार्थी संगठनले विभिन्न माग राखी आन्दाेन गरे
२३ फागुन ,सुर्खेत
सयुत्त विद्यार्थी संगठनले सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा आन्दोलन गरेका छन ।
संयुक्त तीन विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल (समाजवादी )संगठनले आन्दोलन गरेका हुन
विद्यार्थी भर्ना देखि छात्रवृत्ति माथि चलखेल गर्दै आसेपासेहरुलाई मात्रै दिने गरेकाे र ३२लाख आर्थिक हिनामिना भएकाे अखिल (समाजवादी )विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई आराेप लगाएकाे छ ।
विद्यार्थीका हकहितकाे लागि याे भन्दा पहिले पनि सयुत्त विद्यार्थीहरुले पटक पटक आन्दोलन गर्दा २१ बुदे सहमति भएको थियाे ।साे २१बुदे सहमति अनुसार काम कार्वाही नगरेकाे भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन ।
शिक्षा जस्तो सम्बेदनशिल क्षेत्रमा भ्रष्टाचार भैरहदा पनि शैक्षिक सराेकार वाला र अख्तियार कानमा तेलहालेर बसेकाे अखिल क्रान्तिकारी विद्यार्थी संगठनका हिक्मत शाहीले बताएका छन ।
छानबिन समिति ले छानबिन गरि प्रतिवेदन तयार पारि सकेकाे तर प्रतिवेदन सार्वजनिक नगरेकाे भन्दै आज विद्यार्थी संगठनले शिक्षा क्याम्पस भित्र नारावाजी गर्दै आन्दोलन गरेका थिए ।
विद्यार्थीका मागहरु पूरा नभए क्याम्प प्रमुखलाई राेडमा पुर्याउने चेतावनि संयुक्त विद्यार्थी संगठनले दिएका छन।














प्रतिक्रिया दिनुहोस्