२०८३ भाद्र २९ गते सोमवार

कर्णाली प्रदेशमा स्वकीय सचिवालयकाे नाममा आफन्तलाई भर्ती



कर्णाली प्रदेशमा स्वकीय सचिवालयकाे नाममा आफन्तलाई भर्ती

अहिले मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवलाई
छुट्टै गाडीको सुविधा रहेकाे छ भने मुख्यमन्त्री र मन्त्रीका
स्वकीय सचिवहरूले मोटरसाइकल मर्मत तथा
इन्धनसहितको सुविधा लिएका छन्। प्रदेशसभा
सदस्य घनश्याम भण्डारी मन्त्रीको कार्यव्यवस्था
र जिम्मेवारीका कारण सचिवालयमा राखिएका
कर्मचारीको संख्या ठीक रहेको बताउँछन् ।

तर,स्वकीय सचिवालयका नाममा आफन्तलाई भर्ती
गर्ने प्रवृत्ति भने गलत भएको उनी बताउँछन्।
कर्णाली प्रदेशसभाका अधिकांश प्रदेशसभा
सदस्यले स्वकीय सचिवमा परिवारका सदस्य
वा नजिकका नातेदारलाई नियुक्त गरेको छन् ।
प्रदेशसभाका ४० प्रदेशसभा सदस्य मध्य १४ जनाले
आफन्त मात्र नियुक्त गरेका छन्।

१४ जनाले आफ्नै छोरा, भाइ भतिजा र ज्वाइँसम्मलाई पीए राखेका छन् । कांग्रेसका हिक्मतबहादुर विष्टले छोरा उपेन्द्र विष्टलाई, एमालेका दक्षिणा शाहीले छोरा भुवन
शाही, माओवादी केन्द्रका दुर्गबहादुर रावतले छोरा
जीवन रावतलाई नियुक्त गरेका छन् । हुम्लाका एमाले
प्रदेशसभा सदस्य कलबहादुर हमालले आफ्नै ज्वाईँ
सन्तोष शाही, गमता विकले ज्वाइँ दानबहादुर
विक, कांग्रेसकी इन्द्राकुमारी शाहीले दीपेन्द्र शाही,
घनश्याम भण्डारीले ठूलोबुबाको छोरा भाइ कमल
भण्डारी, पूर्णबहादुर खत्रीले भतिज राजन केसीलाई
नियुक्त गरेका छन् ।
डोल्पाका वीरबहादुर शाहीले साला नाता पर्ने जीतबम ठकुरीलाई नियुक्त गरेका छन् । जीतबहादुर मल्लले नाति नाता पर्ने रोशन शाहीलाई नियुक्त गरेका छन् ।
जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला
विकले भतिज रवीन्द्र विश्वकर्मालाई नियुक्त
गरेकी छन् ।

त्यस्तै, स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले भाइ विनोद शाहीलाई,सामाजिक विकासमन्त्री खड्क पोखरेलले भतिजा सज्जय पोखरेल र महेन्द्र केसीले
हिरालाल केसीलाई नियुक्त गरेका छन् । आर्थिक
मामिला तथा योजनामन्त्री बेदराज सिंहले स्वकीय सचिवमा ठूलोबुबाको छोरा भाइ रणबहादुर सिंह नियुक्त गरेका छन्।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार