२०८३ भाद्र २९ गते सोमवार

भीरबाट लडेर ७१ वर्षीया वृद्धाकाे मृत्यु



 

 

भीरबाट लडेर ७१ वर्षीया वृद्धाकाे मृत्यु

बाजुरा-

 

जिल्लाकाे बुढीगंगा नगरपालिका वडा नम्बर ५ सराप्लामा एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीया वृद्धा खन्टीदेवी रेग्मी रहेकाे निजका आफन्त केपि रेग्मीले बताएका छन ।

उनकाे आईतबार दिउसाे बाख्रा चराउन गएको बेला भीरबाट लडेर मृत्यु भएको हो । गाउँ नजिकै रहेकाे फणिण्डे भीरबाट करिब २ सय मिटर तल खसेर उनकाे ज्यान गएकाे आफन्तले बताएका छन ।

मृतककाे घरमा बुढा बुढी मात्रै भएकोले उनी बाख्रा चराउन गएकी थिन । दैनिक जसाे मृतक रेग्मी आईतबार पनि जँगलतिर वाख्रा चराउन गएकी थिईन । अविरल बर्षाका कारण जमिन निकै नै चिप्लिएकाेले उनी रडेर खसेकाे हुनसक्ने अनुमान गरिन्थ । बर्षेनी बाजुरामा भिरबाट लडेर धेरै ब्यक्तिकाे ज्यान जाँने गरेकाे छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार