- झाडापखालाबाट हुम्लामा दुई बालकको मृत्यु ।
कमल शाही ,साउन २८
स्वाभिमान खबर,सुर्खेत
हुम्लाको सिमिकाेट गाउँपालिका ६ का दुईवटा बालककाे झाडापखालाबाट अकालमा मृत्यु भएको छ।मृत्यु हुनेमा
वडा नम्बर ६का सुरज सुनारका ६ महिनाका छाेरा इमरान सुनार र ७ नम्बर वडाका काली बहादुर शाहीका ९बर्षिय छाेराकाे बुधबार मृत्युु भएको जानकारी हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताउनु भयोएकाे छ।
बालक काे थप उपचारकाे लागि जिल्ला अस्पताल हुम्लाले नेपालगञ्ज रिफर गरेको थियो ।
यातायातकाे सुबिदा नहुदा र तत्काल नेपालगञ्ज लैजान जहाज समेतकाे व्यावस्था नहुदा बालककाे ज्यान गएको बताईएकाे छ ।
अर्का काली बहादुरका ९बर्षिय छाेरा उपचारकाे लागि अस्पताल ल्याएका थिय सामान्य उपचार पछि शाहीले घर लगेका थिए।
घर ल्याएकाे केही समय पछि उनकाे पनि ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयकाे छ।
हुम्ला जिल्ला कर्णाली प्रदेशकाे दुर्गम र भौगोलिक हिसाबले निकै कठिन छ।नेपाल काे सडक सञ्जालमा नजाेडियकाे एक मात्र हुम्ला बाट अन्य ठाउमा जान निकै कठिनाई काे साम्ना गर्नु परेकाे स्थानिय बताउछन।
यहाँकाे यातायातकाे साधन भनेकाे एक मात्र हवाई सेवा हाे उहीँ पनि नियमित नहुनु र महंगाे भएकाेले हुम्लाका जनताले सास्ती खेप्नु परेकाे छ । झाडापखाला लाई समयमै नियन्त्रण गर्न नसकिए यसले ठुलो मानवीय सरुवा राेगकाे रुप लिन सक्ने देखिएको छ।यसलाई नियन्त्रण गर्न सम्पूर्ण सराेकारवाला निकायले गम्भीर हुन आवश्यक छ ।














प्रतिक्रिया दिनुहोस्