कमल शाही श्रावण २२
स्वाभिमान खबर,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी काे ९ अौ महाधिवेशन ले पारित गरेको ६ महिने आवधिक योजना काे बैठक नेपाल कम्युनिस्ट पार्टी सुर्खेत ले सम्पन्न गरेको छ ।बैठक नेपाल कम्युनिस्ट पार्टी सुर्खेत जिल्ला सेक्रेटरी क. जित सी काे अध्यक्ष्ातामा बसेकाे छ ।बैठककाे प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चा नेपाल का संयोजक क. बिराट सी अतिथि पार्टी केन्द्रीय सदस्य मध्य कर्णाली ब्यूरो इन्चार्ज क. बिवेक सी , पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुर्व सी र केन्द्रीय बैकल्पिक सदस्य टेक्निकल सी, केन्द्रीय प्रतिनिधि सदस्य योजना सी, भाेजराज सी,र दयाविर सी काे आतिथ्यता रहेको थियो ।
बैठक काे सुरुवात ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट उठेर भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ।घाइते तथा अपांग र बेपत्ताहरु प्रति स्वास्थ्य लाभको कामना सहित समान प्रर्कट गरेर गरियो । पार्टी जिल्ला सदस्यीय कमरेड हरु ले ६ महिने आवधिक योजना काे सुझाव सहित रिपोर्टिङ गरेका थिए । बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथि ले बिश्व मा भु मण्डलिय पुजीवाद हाभि भइरहेको देश राष्ट्रिय स्वाधीनता काे बिषयमा चरम संकटकाे स्थितिमा पुगेको बताउनु भयो । भु मण्डलिय पुजीवादी संग लडाइँ लडनकाे लागि नेपाल का बामपंथी कम्युनिस्ट धारका पार्टीहरु बिच समाजवादी माेर्चा बनाएर अगाडि बढनु पर्ने र तेेसकाे लागि चार दलिय समाजवादी माेर्चा बनिसकेको बताउनुभयो यसलाई निरन्तर अगाडि बढाएर देशमा समाजवाद स्थापना गर्नुपर्ने बिषय राख्नुभयाे। भने बैठकले अघिल्लो बैठकले गरेका निर्णयलाई निरन्तरता दिनेे निर्णय सहित आगामी योजना काे निर्णय गर्याे। बैठक काे संचालन जित सी ले गर्नुभएको थियोे । बैठक जिल्ला कार्यलय मा बसेकाे हाे ।














प्रतिक्रिया दिनुहोस्