कमल शाही ,श्रावण २०
स्वाभिमान खबर ,सुर्खेत
भारतको उत्तराखण्डमा शुक्रबार राति गएको पहिरोमा परेर १६ जना नेपालीहरु मध्ये ३ जनाको शब भेटिएकाे छ।उत्तराखण्डको धार्मिक स्थल केदारनाथको मन्दिर नजिकै सडक किनारामा रहेको होटलमा माथि बाट भिषण पहिराे आउदा हाेटल पुरै बगाएर मंदाकिनि नदिमा पुर्याएकाे थियाे।
वेपत्ता भएका मध्य केही ब्याक्तिहरुकाे पहिचान भएकाे छ भने केही काे खुल्न सकेकाे छैन । बेपत्ता हुने
अमर बाेहाेरा का छाेरा मान बहादुर बाेहाेरा ,२६ बर्षियअनिता बाेहाेराका छाेरा अमर बाेहाेरा कि १४ बर्षिय छाेरि राधिका बाेहाेरा ८बर्षिय पिंकि बाेहाेरा र उनका अर्का ७ बर्षिय छाेरा पृथ्वी बाेहाेरा लगायत रहेका छन।भन्ने हन्य नेपालीहरुकाे खाेजि कार्य भै रहेकाे छ।
बाेहाेरा सहपरिवार सहित राेजगारिकाे लागि उक्त स्थामा गयका थिय।राति निकै अँध्याराे र भारिबर्षा भै रहेकाेले उद्धार गर्न निकै कठिन भएकाेले शुक्रबार दिउसाे बाट हराएका ब्याक्तिहरुकाे खाेजि तथा उद्धार कार्य भएकाे छ।
बेपत्ता मध्य ३ जना नेपालीकाे शव भेटियकाे र पहिचान खुलेकाे छ परिचय खुलेका मध्य कालिकोट जिल्ला खाँणाचक्र नगरपालिका वडा नम्बर १ निवासी प्रकाश ताम्राकार ,२ वडा निवासी देबि बि क,र ३ वडा निवासी टेक बि क रहेेका छन् । उद्धारका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेकाे छ र परराष्ट्र मन्त्रालयले भारतमा रहेको नेपाली दुतावास संग समन्वय गरिरहेकाे बुझिएको छ ।














प्रतिक्रिया दिनुहोस्