२०८३ कार्तिक २१ गते शुक्रवार

मिलरको ९३ रनमा पनि जोगिएन कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयी



मिलरको ९३ रनमा पनि जोगिएन कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयी
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक २०
काठमाडौं
सुदूरपश्चिम — डेभिड मिलरको उत्कृष्ट ब्याटिङका बाबजुद कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ। मिलरले ५५ बलमा अविजित ९३ रन बनाए पनि कर्णाली ३९ रनले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जवाफमा १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि साईफ जैबले २४ बलमा ३५ रन र विनोद भण्डारीले २२ बलमा २७ रन जोडे।
कर्णालीका लागि डेभिड मिलरले ५५ बलमा ९३ रनको अविजित पारी खेले। दीपक डुम्रेले १२ बलमा १८ रन बनाए। तर, अन्य ब्याटरले साथ दिन नसक्दा कर्णाली लक्ष्यभन्दा ३९ रन पछाडि रह्यो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने अनिल खरेलले १ विकेट हात पारे।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार