नेकपा (माओवादी) निर्वाचन परिचालन संयोजकमा कमल ‘सी’, भरत मल्ललाई जिताउन अभियान तीव्र
कमल कुमार शाही
स्वाभिमान खबर,माघ ९
बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बझाङ जिल्लामा आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन संयोजकको जिम्मेवारी कमल ‘सी’ लाई तोकेको छ। पार्टीले प्रत्यक्षतर्फका उम्मेदवार भरत मल्ललाई विजयी गराउने लक्ष्यसहित संगठित र आक्रामक ढंगले चुनावी अभियान अघि बढाएको जनाएको छ।
पार्टी स्रोतका अनुसार कमल ‘सी’ को नेतृत्वमा निर्वाचन कमाण्ड गठन गरिएको छ, जसअन्तर्गत आर्थिक कार्यालय टिम, युवा परिचालन समिति ,प्रचार–प्रसार समिति र संस्वयक समिति सक्रिय रूपमा परिचालित छन्।
गाउँ–गाउँ र टोल–टोलमा पार्टीको राजनीतिक एजेन्डा पुर्याउँदै जनसम्पर्क अभियान तीव्र बनाइएको छ। यस क्रममा उम्मेदवार भरत मल्लप्रति विशेषगरी युवाहरूको आकर्षण बढ्दै गएको पार्टीले दाबी गरेको छ। लामो समयदेखि बझाङी जनताको सेवामा सक्रिय मल्ललाई परिवर्तनकारी, इमानदार र देशभक्त नेताका रूपमा स्थानीयले लिने गरेको बताइन्छ।
पार्टी कार्यकर्ताहरूका अनुसार भरत मल्ल जनताको दुःख–सुखमा सधैं साथ दिने, व्यवहारिक र प्रतिबद्ध नेता हुन्। उनले बझाङको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय ,र स्थानिय उत्पादन संग जनता जोडीने जनआत्मनिर्भर कार्यक्रमलाइ आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
निर्वाचन परिचालन संयोजक कमल ‘सी’ ले उम्मेदवार भरत मल्ललाई जिताउन पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको बताए। उनले यो निर्वाचन केवल पदको प्रतिस्पर्धा नभई बझाङी जनताको अधिकार, स्वाभिमान र वास्तविक परिवर्तनको संघर्ष भएको उल्लेख गरे।
नेकपा (माओवादी) ले संगठित संरचना, स्पष्ट एजेन्डा र जनआधारित अभियानमार्फत बझाङमा आफ्नो उपस्थितिलाई निर्णायक बनाउने रणनीतिसहित चुनावी मैदानमा उत्रिएको छ। उम्मेदवार भरत मल्ल र संयोजक कमल ‘सी’ को नेतृत्वमा पार्टीको अभियानले आगामी दिनमा थप गति लिने अपेक्षा गरिएको छ













प्रतिक्रिया दिनुहोस्