२०८३ बैशाख ४ गते शुक्रवार

दुर्गाथली टिमलाई पहिलो सौराई कप उपाधि



दुर्गाथली टिमलाई पहिलो सौराई कप उपाधि
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक २९ काठमाडौं ।
बझाङ्गी समाज काठमाडौं द्वारा आयोजित पालिका स्तरीय शुभकामना तथा सौराई कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि दुर्गाथली टिमले हात पारेको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा ११ टिम सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै दुर्गाथलीले पहिलो संस्करणको सौराई कप जित्न सफल भयो।
टिमको जितसँगै दुर्गाथलीका तीन खेलाडी तथा प्रशिक्षकले प्रतिस्पर्धामा उत्कृष्ट विधागत उपाधि पनि प्राप्त गरेका छन्। उदयमान खेलाडीमा प्रबिन भण्डारी, उत्कृष्ट खेलाडीमा सरोज मिश्र र उत्कृष्ट कोचमा प्रबिन थापा पुरस्कृत बने। खेलमा क्याप्टन : बिबस थापाको नेतृत्वमा सरोज मिश्र ,सुमन काजी ,बिबेक थापा ,प्रबिन भण्डारी, रबि धामी ,विश्व गिरि , लक्ष्मण खैरले  राम्रो खेल खेलेका थिए (लिप्टर)को भुमिका पारस थापा निभाएको थिए भने
कोच(प्रबिन थापा) थिए।

व्यवस्थापनमा कमल सीको भूमिका

दुर्गाथली टिमलाई प्रतियोगिताभर व्यवस्थापन र समन्वयमा कमल सी  ले महत्वपूर्ण भूमिका खेलेको टिमका सदस्यहरू बताउँछन्। खेलाडीहरूका अनुसार खाने–बस्ने तथा अन्य खर्च व्यवस्थापनमा सिले व्यक्तिगत पहलमा सहयोग जुटाएका थिए।

उनका अनुसार, “पालिकाले तत्काल आर्थिक सहयोग नगरे पनि बिल पेस गरेपछि सकिने सहयोग हुने आश्वासन छ। अहिले खेलाडीहरूले सम्भव भएको सबै व्यवस्थापन आफैँ गरेका छौँ।”
उनकै पहलमा दुर्गाथली गाउँपालिकाको खेलकुद शाखाबाट पनि केही सहयोग जुटेको बताइएको छ।

स्थानीय युवाहरूको पनि उल्लेखनीय योगदान
सन्देश थापा, प्रबिन थापा, विश्व गिरीलगायत स्थानीय युवाहरूले टिम व्यवस्थापन, तालिम र समन्वयमा महत्वपूर्ण योगदान दिएका छन्। खेलाडीहरूको भनाइअनुसार, सामूहिक समन्वय र निरन्तर सहयोगकै कारण टिम उपाधि जित्न सफल भयो।

कोच प्रबिन थापाको भनाइ
उत्कृष्ट कोच बनेका प्रबिन थापाले प्रतियोगिता सम्पन्नपछि प्रतिक्रिया दिँदै भने,
“यो उपाधि दुर्गाथलीको सामूहिक प्रयासको नतिजा हो। सुरुदेखि अन्त्यसम्म साथ दिने सबैप्रति धन्यवाद दिन चाहन्छु। आगामी दिनमा टिमलाई अझ सबल बनाइनेछ।”

इतिहास रच्दै दुर्गाथली


पहिलो संस्करणको प्रतियोगिता जितेर दुर्गाथली टिमले इतिहास रचेको खेलाडीहरूको भनाइ छ।
टिम व्यवस्थापनले आगामी खेलहरूमा अझ शसक्त तयारीसहित सहभागी हुने तयारी गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ३० गते शनिवार