२०८३ साउन १३ गते बुधवार

मधुमेह रोगको कारण लक्षण प्रभाव र नियन्त्रणका उपायहरु



मधुमेह रोगको कारण लक्षण प्रभाव र नियन्त्रणका उपायहरु

प्रेम बहादुर सुनार
स्वाभिमान खबर , असाेज १ नेपालगन्ज बाँके

१ परिचय: मधुमेह Diabetes Mellitus संसारभर तीव्र गतिमा फैलिरहेको एक गैर संक्रामक रोग हो । यसलाई सामान्य भाषामा चिनी रोग भनिन्छ । किनकि यसमा रगतमा ग्लूकोजको मात्रा असामान्य रुपमा बढ्छ । यो रोग एक पटक लागेपछि पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ । तर उचित जीवनशैली र औषधी सेवनद्धारा नियन्त्रण गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करोडौ मानिस मधुमेहबाट प्रभावित छन । यसको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । नेपालमा पनि यस रोगको जोखिम बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका मानिसहरुमा व्यापक रुपमा फैलिएको छ ।
२ मधुमेहका प्रकार :मधुमेह मुख्य तया दुई प्रकारका हुन्छन । टाइप १ मधुमेह यो प्राय बालबालिका वा किशोरावस्थामा देखिन गर्छ । यसमा शरीरले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । जीवनभर इन्सुलिनको आवश्यकता पर्छ । त्यसैगरी अर्को टाइप २ मधुमेह यो वयस्क र बुढ्यौली उमेरका मानिसहरुमा बढी देखिन्छ । शरीरले इन्सलिन त बनाउँछ ।तर यसको प्रयोग गर्न सक्दैन । जीवनशैली खानपान र मोटोपन यसमा मुख्य कारण हुन सक्छ । यस बाहेक गर्भावस्थामा हुने मधुमेह Gestational Diabetes पनि हुन्छ । जुन गर्भवती महिला देखिन्छ ३ मधुमेहका कारणहरु: मधुमेहका कारणहरु विभिन्न हुन्छन । जसको प्रमुख कारणहरु यस प्रकारका छन । अनुवांशिक कारण यदि परिवारमा मधुमेह भएका सदस्य छन भने अन्य सदस्यलाई पनि यसको जोखिम बढी हुन्छ । अस्वस्थ जीवनशैली नियमित व्यायाम नगर्न लामो समयसम्म बस्ने अत्यधिक मोबाइल वा कम्प्युटर प्रयोग गर्ने आदतले मधुमेहको खतरा बढाउँछ । खानपानमा असन्तुलन प्रशोधित चिनी डोनट्स केक चिप्स फ्राइ गरिएका चीज बढी खाने र फलफूल तरकारी कम खानेले जोखिम बढाउँछ । मोटोपन तौल बढ्नु र पेटमा बोसो जम्मा हुनु मधुमेहको मुख्य कारण हो । तनाव र मानसिक दबाब दीर्घकालीन तनावले हर्मान असन्तुलन गराउँछ जसले मधुमेह बढाउँछ । धूम्रपान र मदिरा सेवन यी दुबै चीजहरुले मधुमेहको खतरा दोब्बर बढाउँछन ।
४ मधुमेह लक्षणहरु: मधुमेहका प्रारम्भिक लक्षणहरुलाई समयमै चिन्नु आवश्यक छ । ताकी यसलाई नियन्त्रण गर्न सकियो । बारम्बार प्यास लाग्नु , धेरै पटक मूत्र लाग्नु,अनावश्यक तौल घट्नु,दृष्टि धमिलो हुनु,अत्यधिक थकान महसुस हुनु,घाउ ढिला निको हुनु, हातखुट्टा झनझनाउने वा संवेदनशीलता घटनु, यी लक्षणहरु देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ ।
५ मधुमेहका प्रभावहरु: मधुमेहलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ । यसको दीर्घकालीन प्रभावहरु रहेको हुन्छ ।
ह्रदय रगतनली सम्बन्धी समस्या मधुमेह भएकाहरुमा मुटु रोग र स्ट्रोकको जोखिम धेरै हुन्छ । मृगौलामा असर मधुमेहले मृगौलाको कार्यक्षमता घटाउँछ र अन्तत डायलाइसिस गर्नपर्ने अवस्था आउन सक्छ । दृष्टि गुम्ने डायबेटिक रेटिनाप्याथी आँखाको रेटिना क्षति भई दृष्टि धमिलो हुने वा अन्धोपन हुने खतरा हुन्छ । नसा र स्नायुमा असर हुन्छ । हातखुट्टा सुन्निनु दुखाइ र संवेदनशीलता घट्नु रहेको हुन्छ । संक्रमणको जोखिम बढनु हुन्छ । घाउ चाँडो ननिको हुनु र संक्रमण फैलिनु नदिनु हो ।
६ मधुमेह नियन्त्रणका उपायहरु:मधुमेह पूर्ण रुपमा निको पार्न नसके पनि जीवनशैली र उपचारद्धारा यसलाई नियन्त्रण गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्नलाई खानपानमा सुधार गर्नु पर्छ । चिनी मिठाई प्रशोधित खाना कम गर्नु । फलफूल तरकारी सम्पूर्ण अन्न बढी सेवन गर्नु । बोसो र तेल कम गर्नु विशेष गरी ट्रान्सफ्याट र स्याचुरेटेड फ्याट कम गर्नु । नियमित समयमा खाना खाने बानी बसाल्नु । नियमित व्यायाम दैनिक कम्तीमा ३० मिनेट हिँड्ने वा हल्का व्यायाम गर्नै । योग ध्यान दौड साइकलिङ प्रभावकारी हुन्छन । मानसिक तनाव गर्नु । ध्यान योग र मनोरञ्जनात्मक गतिविधिबाट तनाव घटाउनु । नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ । रगतमा चिनी मात्रा (Fasting Blood Sugar Postprandial Blood Sugar and Hemoglobin A1c) समय समयमा जाँच गर्नु । औषधी वा इन्सुलिन चिकित्सकको सल्लाह अनुसार औषधी वा इन्सुलिनको प्रयोग गर्नु । हानिकारण बानी त्याग्नु धूम्रपान र मदिरा सेवन नगर्नु ।
७ निष्कर्ष : मधुमेह आजको युगमा जीवनशैलीसँग सम्बन्धित प्रमुख रोग हो । यसलाई नियन्त्रण गर्न सचेत रहनु नियमित व्यायाम सन्तुलिन आहार र तनाव व्यवस्थापन अनिवार्य छ । समयमै जाँच र उपचार नगर्दा यसले जीवनलाई जोखिममा पर्न सक्छ । त्यसैले मधुमेहप्रति सचेत रहौ र स्वस्थ जीवनशैली अपनाऔ ।

सन्दर्भ सामग्रीहरु: अनलाइन शैक्षिक सामग्रीहरु अध्ययन गरी तयार पारिएको हो ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार